फिलिप फिसरको पुस्तक ‘कमन स्टक्स एण्ड अनकमन प्रोफिट्स’ को सारंश

Jan 26, 2022 05:55 PM Merolagani

हरेक साता अर्थ तथा शेयर बजारसँग सम्बन्धित पुस्तकहरूकाे सारंश प्रस्तुत गर्ने क्रममा यस साता हामीले चर्चित लेखक फिलिप फिसरकाे पुस्तक ‘कमन स्टक्स एण्ड अनकमन प्रोफिट्स’ काे सारंशकाे पहिलाे भाग यहाँ प्रस्तुत गरिएकाे छ।

फिलिप फिसर एक अमेरिकी स्टक लगानीकर्ता हुन् जसलाई ‘कमन स्टक्स एण्ड अनकमन प्रोफिट्स’ नामक पुस्तकका लेखकका रुपमा चिनिन्छन्। सन् १९५८ मा उनको पुस्तक प्रकाशित नभएसम्म उनलाई सर्वसाधारणले चिन्दैनथे। पुस्तक प्रकाशनपछि उनको ख्याती नाटकीय रुपमा बढ्यो र ग्रोथ इन्भेष्टिङ्गको क्षेत्रमा अग्रणीको रुपमा उनको अहिलेसम्मकै महान स्थितिका लागि प्रेरित गर्यो।

वारेन बफेटले एकपटक भनेका थिए, ‘म १५ प्रतिशत फिसर र ८५ प्रतिशत बेन्जामिन ग्राहम हुँ’। यस वाक्यले मात्रै पनि यो उत्कृष्ट पुस्तक कति महत्वपूर्ण छ र किन लगानीकर्ताले पढ्नै पर्छ भन्ने कुरा प्रमाणित गर्छ। यो पुस्तक कम्पनीहरु र उनीहरुको व्यवसायहरुको गुणात्मक विश्लेषण गर्नका लागि एक पूर्ण मार्गनिर्देशिका हो र त्यसैले नै लगानी गर्न गुणात्मक ढाँचामा उत्कृष्ट कम्पनी खोज्न इच्छुकहरुका लागि यो एक पढ्नै पर्ने पुस्तक हो।

भाग १ः कमन स्टक्स एण्ड अनकमन प्रोफिट्स

अध्याय १ः विगतबाट केही कुरा

विगतबाट हामीले सिक्न सक्ने दुई महत्वपूर्ण कुराहरु छन्। १९ औँ शताब्दी र २० औँ शताब्दीको सुरुवातमा, अस्थिर बैंकिङ्गका कारण उतारचढाव भइरहेको समयमा, खराब समयमा शेयर किन्न राम्रो समयमा बेच्ने गर्दा केही ठूला र धेरै साना भाग्यहरु बने। तर, उत्कृष्ट कम्पनीहरुको स्टक किन्नु र सबै उतारचढावको बीच तिनीहरुसँग रहनु धेरै लाभदायक थियो। त्यसैले बजारमा टाइमभन्दा टाइमिङ्ग धेरै महत्वपूर्ण छ।

अहिले धेरै लगानीका अवसरहरु उपलब्ध छन् किनभने

  • कर्पोरेट व्यवस्थापनमा पारदर्शिता तथा जवाफदेहिता र अनुसन्धान र विकासमा थप लगानी वर्तमान रहन र दक्षताको उच्चतम स्तर कायम राख्ने।
  • सन् १९३२ देखि आएका नीति तथा नियमहरु लागु र सुदृढ गर्दै कुनै पनि समृद्धिको श्रेय कम्पनी र सरकार दुबैले पाउँछन् र त्यसैगरी नराम्रो मन्दी आएमा प्रतिपक्ष र सर्वसाधारण दुबैलाई दोष दिन्छन्।

अध्याय २ः ‘स्कटलबट’ ले के गर्न सक्छ

फिलिपले कम्पनीको केही महत्वपूर्ण जानकारी संकलनका लागि कम्पनीहरुको प्रारम्भिक अनुसन्धान अगाडि बढाउन ‘स्कटलबट’ तरिका अपनाएका थिएः

  • कुनै एक उद्योग क्षेत्रका ५ कम्पनीहरुमा जानुहोस् र हरेकलाई अन्य ४ कम्पनीहरुको बलियो र कमजोर पक्षका बारेमा सोध्नुहोस्
  • ग्राहक, बिक्रेता, व्यापार संघहरु र पूर्व कर्मचारीहरुसँग उनीहरुको अनुभव र उनीहरुलाई थाहा भएको कुनै पनि अन्य भित्री कुराहरु बारे जान्नका लागि कुरा गर्नुहोस्।

यी दुई श्रोतबाट जम्मा गरिएको जानकारीले एक औषत अनुभव भएका लगानीकर्तालाई पनि आगामी दिनमा कुन कम्पनीमा लगानी गर्ने हो त्यसको बारेमा प्रारम्भिक निर्णय गर्न सहयोग गर्नेछ।

अध्याय ३ः कुन किन्नेः एक साधारण स्टकमा हेर्नुपर्ने १० कुराहरु

यस अध्यायमा कम्पनीको दीर्घकालिन स्थायित्वका लागि महत्वपूर्ण पन्ध्र विशेषताहरुको बारेमा चर्चा गरिएको छ। सकेसम्म धेरै विशेषताहरु भएका कम्पनीहरु खोज्ने लगानीकर्ताहरुले लामो अवधिमा लगानीमा राम्रो प्रतिफल प्राप्त गर्नेछ। यी हुन् १० कुराहरु:

  • बिक्री, अनुसन्धान र विकासको बलियो ट्रयाक रेकर्डका साथ सक्षम व्यवस्थापन र कम्तिमा धेरै वर्षको लागि बिक्रीमा धेरै वृद्धि सम्भव बनाउन सक्ने क्षमता
  • नयाँ उत्पादन र नयाँ बजार विकास गर्न जारी राख्ने र यसको हाल भएका उत्पादन, माग र आम्दानीसँग सन्तुष्ट नभएका
  • अनुसन्धान र विकासको प्रभावकारिता, बिक्री, खुद नाफा आदिको सम्बन्धमा खर्च गरिएको रकम र कुनै खास अवधिमा, जस्तै कि अघिल्लो दश वर्षको अवधिमा यसको अनुसन्धान संस्थाको नतिजाबाट कति प्रतिशत योगदान छ।
  • उत्पादन, अनुसन्धान र बिक्री हाताहात जान्छ, यी सबै बाँच्नका लागि आवश्यक पर्दछ। उत्कृष्ट कम्पनीहरुले आफ्नो बिक्री पक्षको दक्षता र प्रभावकारिता बढाउन प्रशिक्षण र विकासमार्फत धेरै काम गर्छन्।
  • लगानीको लाभ प्रोफिट मार्जिनबाट आउँछ, त्यसैले जति धेरै प्रोफिट मार्जिन, त्यती नै राम्रो। उच्च नाफा मार्जिनले प्रतियोगीहरुको तुलनामा आफ्नो लागत नियन्त्रण गर्ने कम्पनीको क्षमतालाई पनि संकेत गर्दछ।
  • कम्पनीले आफ्नो नाफा मार्जिन कायम राख्न र सुधार गर्न के गरिरहेको छ भन्ने कुरा एक लगानीकर्ताका लागि लामो अवधिमा प्रतिफल प्राप्त गर्न महत्वपूर्ण छ।
  • निरन्तर र लामो संघ हड्तालले यसको अर्थतन्त्रमा ठूलो क्षति पु¥याउँछ, राम्रो श्रम सम्बन्ध भएका कम्पनीहरुले गुनासोहरु छिट्टै समाधान गर्न हर प्रयास गरिरहेका हुन्छन्।
  • कार्यकारी कर्मचारी बीच सही वातावरण महत्वपूर्ण छ, यदि कार्यकारीहरु खुसी छैनन् भने तिनीहरुले पूर्ण क्षमतामा कार्य गर्दैनन्
  • ‘वान म्यान सो’ लामो समयसम्म चल्न सक्दैन, कम्पनीहरुले व्यवस्थापनको गहिराइसम्म पुग्नु पर्छ
  • निर्विवाद व्यवस्थापनको निष्ठा सहित कम्पनीहरुमा लगानी सीमित गर्नुहोस्।
comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।