'खल्ती’ ले पुरा गर्यो पाँच बर्ष

Jan 27, 2022 06:01 PM Merolagani

२०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘’खल्ती’’ले आज आफ्नो ५ औं बार्षिकोत्सब मनाएको छ। हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटलाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ।

कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल भएकाे कम्पनीकाे धारणा रहेकाे छ। ’खल्ती’ ले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको बताएकाे छ। तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा ’खल्ती’, ‘मात्र ५ बर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको कम्पनीले जनाएकाे छ ।

युवाहरु माझ बढी प्रचलित ‘’खल्ती’’, नेपाली फिनटेक उद्योगमा एक फरक एवंम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरुले नै भरिएको मार्केटिंग टिम भएको ’खल्ती’ को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ। खल्तीले आफ्नो वार्षिकोत्सबमा रमाइलो भिडियो सार्वजनिक गरेकाे छ।

यसै अवसरमा ’खल्ती’का प्रमुख कार्यकारी अधिकृत, बिनय खड्का, भन्छन्, “आगामी दिनहरूमा हरेक उमेर समुहलाई ’खल्ती’ प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ ’खल्ती’लाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधाहरू लिएर आउने हाम्रो लक्ष्य छ। प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ’खल्ती’सँग यो यात्रामा आवद्द हुनुभएका सबैलाई ’खल्ती’ टिमको तर्फबाट हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु।”

साथै आजको दिन सम्मको यात्रा सम्झिदै ’खल्ती’का चार संस्थापक तथा डाइरेक्टर अमित अग्रवालले भने,“हामी हरेक प्रयोगकर्ताको समस्या र आवश्यक्ता सुनी सो अनुसारको को सहज सुविधा ल्याउन प्रयत्नरत छौँ। यसको लागि विभिन्न सेवा, सुविधा तथा आकर्षक अफरहरु समय अनुसार विस्तार गर्दै डिजिटल नेपालको सपना सार्थक गर्न लागिपरेका छौँ। र हरेक दिन, हिजो भन्दा आज र आज भन्दा भोलि अझ राम्रो हुँदै जानेछौं।“

यसैगरी मनिष मोदी भन्छन्, “डिजिटल नेपालको सपना र सबै नेपालीमाझ पुग्ने भिजनका साथ सुरु गरेको ’खल्ती’लाई आजको दिन यो स्थानमा पुर्याउन सदैव साथ दिने मेरो टिम, परिवार, साथीहरू, प्रयोगकर्ताहरू, एजेन्टहरू, बैंकहरू, व्यापारीहरू,आवेदकहरू तथा शुभचिन्तकहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आगामी दिनहरूमा पनि यहि साथ, सहयोग र उत्साहजनक सहभागिता र साथको आशा ’खल्ती’ टिमले राखेका छौं।”

"खल्तीले नेपालको डिजिटल इकोसिस्टममा एउटा क्यटालिस्टको रुपमा सुरुवाती तरंग ल्याउन सकेकोमा सम्पूर्ण खल्ती टिम र प्रत्यक्ष–अप्रत्यक्ष संलग्न महानुभावहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै छैटो वर्ष भित्र कमसेकम ५० लाख नेपालीहरुको साझा र विश्वश्नीय सेवा प्रदायकको रुपमा स्थापित गराउने लक्ष्यमा साथ र सहयोगको अपेक्षा राखेको छ,"अरविन्द साहले बताए ।

ध्रुब अधिकारी भन्छन् “आधा दशक देखि निरन्तर सरल, सुलभ र सुरक्षित भुक्तानीको सहि प्रत्याभुति प्रदान गर्न अनवरत लागिरहेको खल्तीलाई अबको दिनमा अझै पृथकीकरण गर्दै लैजाने दायित्व बढेको छ । त्यसैले प्रारम्भिक भुक्तानी प्रदायकको सतहबाट माथि उठेर भोलिको बजारलाई नै निर्देशित गर्ने गरि काम गर्ने जिम्मेवारीवोध गर्दै कार्य अगाडि बढाउने प्रयासमा हामी अझै उत्प्रेरित रहने छौ भन्ने कुरामा हाम्रो प्रतिवद्दता रहनेछ । प्रविधिको आक्रामक सुधार र स्त्तरोन्नतिलाई पनि हामीले हाम्रो आगामी कार्यदिशामा राखिसकेका छौ । खल्ती भुक्तानी प्रदायक मात्र नभएर जिवनशैली नै बन्नेछ । ”

हाल २३० भन्दा धेरै संख्यामा रहेको ’खल्ती’ परिवारले आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना प्रयोगकर्ताहरूमाझ समर्पित गर्दै ५औं बार्षिकोत्सब को अवसरमा ’खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘रिफर एण्ड अर्न’ को धमाकेदार अफर पनि ल्याएको छ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।