चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ३३ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी समान्य बढेसँगै गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा यस वर्ष धनात्मक रहेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७.७९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९२ करोड ५१ लाख रुपैयाँ ऋणात्मकबाट ४७ करोड २९ लाख रुपैयाँ धनात्मक भएको छ।
नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ रुपैयाँ २४ पैसा घटेर ४८ रुपैयाँ २१ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा लघुवित्तको प्रतिशेयर आम्दानी घट्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ३८ प्रतिशत बढेको छ भने जगेडा कोष १३.२५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी १०.४३ प्रतिशत र निक्षेप २७.८२ प्रतिशत बढेको छ भने कर्जा २३.४७ प्रतिशत बढेको छ।
सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ २० पैसा रहेको छ।