प्रि ओपन सेसन अपडेटः २.२४ अंक बढ्यो नेप्से

Jan 27, 2022 10:51 AM Merolagani

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.२४ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ३८.४२ अंक घटेर २७७६.६५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२४ अंक बढेर २७७८.८९ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ८ कम्पनीको ३२ लाख ५० हजार २९१ रुपैयाँ ८० पैसा बराबरको ३ हजार ४६२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।