सुनचाँदीको मूल्यमा गिरावट, ताेलामा नै ९०० रूपैयाँले घट्याे सुन

Jan 27, 2022 11:52 AM Merolagani

बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । माघ १३ गते, सुन तोलामा नै ९०० रुपैयाँले घटेको छ। आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ। बुधबार भने सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार ४०० रुपैयाँ पुगेको थियो ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँले घटेको महासंघको तथ्यांकमा देखिन्छ। आज चाँदी प्रतितोला एक हजार २९० रुपैयाँमा खरिदबिक्री हुुँदैछ ।

अघिल्लो कारोबार दिन चाँदीको मूल्य स्थिर रहेको थियो। सो दिन चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँ कायम रहेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।