चार युवाको आईडियाले जन्मिएको ‘खल्ती’, यसरी गर्दै छन डिजिटल पेमेन्टमा क्रान्ति

Jan 27, 2022 06:04 PM Merolagani

युवराज बस्नेत

जानकी टेक्नोलोजी शुरु गर्नु अगाडि तीनजना साथी ध्रुव अधिकारी,अर्विन शाह र मनिष मोदी पुल्चोक इन्जिनियरिङ् क्यामपसमा इन्जिनियरिङ अध्ययन गर्दै थिए । अमित अग्रवाल भने अर्कै क्याम्पसमा पढ्थे ।

इन्जिनियरिङ पढ्दै गर्दा वेभ डिजाइनिङ तथा आईटि सम्बन्धी फ्याट्टफुट्ट काम आउँथ्यो । यस्तै काम गर्दै एउटै व्याचका चारै जनाले पढाइलाई अघि बढाउदै गए । इन्जिनियरिङ पढ्दै गर्दा नेपालको आईटी क्षेत्रमा केही गर्नुपर्छ भन्ने जोश टिममा आयो ।

त्यसपछि चार जनाले नेपालको आईटी क्षेत्रमा सम्भावना र अवसर खोज्न थाले । इजिनियरिङ तेस्रो बर्ष अध्ययन गर्दै गर्दा सन् २००७ मा जानकी टेक्नोलाजी प्रालि दर्ता गराए । चारै जनाको इन्जिनियरिङ सक्दा सन् २००९ भइसकेको थियो ।

पढाई सकिएपछि सम्भावना खोज्दै जादाँ चारै जनाले नयाँ कन्सेप्टमा अघि बढ्ने निर्णय गरे । प्लाटफर्म खोज्दै जनतालाई एसएमएस मार्फत सूचना पुर्याउन सन् २०१० मा स्प्यारो एसएमएस नामको प्रोडक्ट सार्वजनिक गर्न सफल भए ।

खल्तीका संस्थापक अमित अग्रवाल सम्झिन्छन् ‘एसएलसीको नतिजा हेर्न होस् अथवा तरकारीको मुल्य बुझ्न होस, स्प्यारो एसएमएसले जनता माझ सूचनाको पहुँच पुर्याउन त्यतिबेला राम्रो काम गर्यो । सानो प्रविधिमा ‘डेडिकेटेड’ भएर काम गर्दा पनि त्यतिबेला २५ जना बढीको टिम बनेको थियो’ ।

स्प्यारो एमएमएस सञ्चालन गर्दा उनीहरुले सानो कुरामा पनि फोकस भएर लाग्ने हो भने जुन काम पनि सफल हुँदो रहेछ भन्ने बुझे ।

एसएमएसमा राम्रो काम गरेर, सिस्टम स्टेबल भइसकेपछि जानकी टेक छुटै कम्पनी भयो । जानकी टेक्नोलोजिसँगकै सूचनाको पहुँचमा काम गरिसकेपछि चारजनालाई जनतालाई सकारात्मक प्रभाव पार्ने र सवै जनता जोडिने किसिमको अर्को प्लाटर्फम खोज्न थाले । नयाँ प्लाटर्फमका लागि धेरै अध्ययन र ‘वर्कआउट’ गरे ।

त्यतिबेला नेपालमा सबैको हातमा स्मार्ट फोन पुग्न थालिसकेको थियो । मोबाइलको आयात पनि २५ प्रतिशतले बढ्दै गएको थियो भने इन्टरनेटको पहुँच पनि बढ्दै थियो । अन्तर्राष्ट्रिय स्तरमा पनि पेटिएम लागायतका डिजिटल पेमेन्ट कम्पनी आक्रामक रुपमा आउन थालिसकेका थिए ।

विदेशमा डिजिटल पेमेन्ट गेटवे कम्पनीहरुले तहल्का पिटिरहेको त्यो समय नेपालमा डिजिटल पेमेन्ट भन्ने कमैलाई थाहा थियो । अमितको टिमले डिजिटल पेमेन्टबारे अध्ययन गर्दा नेपालमा डिजिटल पेमेन्टमा काम गर्ने प्लेयरहरु (ईसेवा, आर्ईएमई पे, सजिलो पे, आई पे) लगायतका कम्पनी नेपालमा आइसकेका थिए तर, डिजिटाइजेसन भने ३ प्रतिशत मात्रै थियो ।

अमित भन्छन्, ‘हामी यो क्षेत्र ‘वर्कआउट’ गर्दै गर्दा डिजिटल पेमेन्ट विजनेश चुनैतिपूर्ण बिजनेश हो भन्ने हामीलाई थाहा थियो किनकि ठूला ठूला बैंक,टेलिकम कम्पनी लगायत ठूला कम्पनी पनि आउने वाला छन । तर, हामीलाई विश्वास थियो नेपालको समस्या हामी बुझ्छौं र टेक्नोलोजी पनि सोही अनुसार दिन सक्छौं ।’ 

नयाँ काम गर्ने सोच बनाएका चारै जनाले छलफल गरेर एउटा निर्णयमा पुगे । आईडिया थियो, डिजिटल पेमेन्ट कम्पनी मार्फत अघि बढ्ने । नेपालमा डिजिटल पेमेन्टलाई नयाँ ढङगबाट अघि बढाउन चार युवा जोशिए ।

चारभाईको जोशले नै सन् २०१७ सालमा खल्ती दर्ता भयो र २०१८मा राष्ट्र बैंकबाट लाइसेन्स पनि पायो ।

खल्ती सुरु गर्नुभन्दा पहिलो यहिँ टिमले ‘पिकोबिको’ नामक स्टार्टअप सुरु गर्न खोजेका थिए । जुन फोटोबाट स्लाइडसकाे अटोमेटिक भिडियो बनाउने भिडियो मेकिङ इन्जिन थियो ।

दुई ओटा कम्पनीमा केन्द्रीत हुन सकेपछि अमित, मनिसको टिमले ‘पिकोबिको’लाई बन्द गरे ।

 

यसरी जुर्यो नाम

अमित भन्छन् ‘हामीलाई सुरुमा ठेट नेपाली नाम चाहिएको थियो’ । समग्र नेपाललाई प्रतिनिधित्व गर्ने र विदेशमा जाँदा पनि नेपाली ब्रान्डको रुपमा परिचित होस भन्ने नै टिमको चाहाना थियो । डटकम डोमेन पनि चाहिएको र नाम पनि सजिलो खौज्न तिर चारैजना लागे ।

वालेट एउटा पैसा राख्ने बस्तु भएका कारण पनि पैसा खल्तीबाट तिर्ने हो भन्ने टिममा छलफल भयो । नेपालमा खल्ती चलेको शब्द थियो । हरेक नेपालीको दिमागमा झुन्डिएको नाम थियो खल्ती । सवै टिमसँग समन्वय गरेर तीन चारओटा नाममा भोटिङ पनि गरेको सम्झिन्छन् अमित । अन्त्यमा सवै नेपालीको मुखमा भुन्डिएको शब्द खल्ती नै कम्पनीको नाम राख्ने निर्णय भयो ।

शुरु शुरुमा खल्ती आउँदा आफ्नै साथीले पनि विश्वास गर्न आनाकानी गरेको अनुभव अमितसँग छ । भन्छन् ‘विश्वास जगाउनका लागि हामीले फोकटमा लाखौं पैसा पनि पठाएका छौं भने डिजिटल पेमेन्टबारे बुझाउन घर घरैपनि पुगेका छौं’ । तर, अहिले खल्ती मार्फत नै अनलाइन टिकट बुकिङ, सबै प्रकारका भुक्तानी,कर लगायतका स्वास्थ्य, शिक्षा, रोजगारी क्षेत्रका भुक्तानी भइरहेको छ ।

हाल नेपालमा डिजिटल पेमेन्ट ६ प्रतिशत मानिसले मात्रै गरिरहेका छन् । कोभिडले डिजिटल पेमेन्टलाई ग्राहक माझ अभ्यस्त गराउन  ठूलो भूमिका खेल्यो । पहिले रहर थियो अहिले डिजिटल भुक्तानी बाध्यता बनेको छ । नेपालमा ९३ प्रतिशत डिजिटाइज हुन बाँकी नै छ ।

अमित भन्छन् ‘डिजिटल पेमेन्ट क्षेत्रमा धेरै कुरा गर्न बाँकी रहेपनि ५ बर्षको यो छोटो समयमा हामीले राम्रो रेस्पोन्स पायौं र राम्रो ब्रान्ड स्थापित भएको छ।’ खल्तीले गुगलको ग्लोबल अवार्ड पनि जितेकाे छ भने छोटो समयमा वान मिलिएन डाउनलोड हुने एप बन्यो ।

‘खल्ती सुरु गर्दा टिमसँग पैसा थिएन तर,जोश थियो । ग्राहक र टिम भित्रको बिश्वासले नै हामी यो अवस्थामा आइपुगेका छौं,’ अमितले भने ‘खल्तीमा पैसा हाल्ने एजेन्ट तथा बैंकहरुलाई जोड्न ५ बर्ष लाग्यो ।’ 

अबको तयारी र योजना

खल्तीले ग्राहकको आवश्यकता र अहिलेसम्म नभएको बिषयमा कम्पनी केन्द्रीत गर्ने तयारी गरेको छ । अहिले खल्तीले नेपालको डिजिटल भुक्तानीमा क्रान्ति नै गरिरहेको छ । पेमेन्ट गेटमा वे ईसेवा पछि खल्तीकै नाम आउँछ चार जना इन्जिनियर युवाको जोशले नेपालमा डिजिटल भुक्तानीमा नयाँ आयाम ल्याएको छ ।

सार्वजनिक यातायातमा अहिले पनि क्यान नै कारोबार भइरहेको छ भने स्कुल फि,अनलाइन किनमेल सेवा,सरकारी भुक्तानी लगायतका सेवामा डिजिटल पेमेन्ट बढाउन खल्ती लागि परेको अमित बताउँछन ।

अहिले पठाओमा यात्रा गर्नुपर्यो भने सबै राइडरसँग खल्ती छ । खुद्रा पैसा नहुेने भएकाले खल्ती मार्फत नै भुक्तानी गर्न सक्ने प्लाटफर्म मिलाएको छ ।

 

त्यसैगरी खल्तीले अहिले फेसबुक एक्स्प्रेस वाईफाइबसँग डाइरेक्ट इन्ट्रिग्रेसन गरेको अमितको भनाई छ । फेसबुक एक्सप्रेस मार्फत वल्र्डलिंकले १२ हजार भन्दा बढी स्थानमा फ्रि वाइफाइ दिएको छ । त्यसमा खल्ती प्रयोगकर्ताले १०० जीबी डेटा पाइरहेका छन ।

अहिले खल्तीमा विभिन्न बैंक लिङ्क गर्न सकिन्छ भने मोबाइलमा ब्यालेन्स टपअप गर्ने बेलामा बैंक डाइरेक्ट र स्प्लिट पेमन्ट सेवा प्रयोग गरेर पनि सेवा उपलब्ध गराइरहेको छ ।

५ औं बार्षिक उत्सवमा खल्तीले नयाँ रिफर एन्ड अर्न एगेन नामक फिचर समेत सार्वजनिक गरेको छ । यो ठूलो क्याम्पियन समेत रहेको अमितले बताए ।

अमित भन्छन्, ‘खल्ती किन मान्छेले प्रयोग गर्दैनन् यस बारेमा अध्ययन गरेर समस्या समाधान गर्छाै र सवै सेवाग्राही खल्तीमा जोडिन प्रेरित गर्ने वातावरण बनाउछौं ।’ 

खल्तीले वाणिज्य बैंक मध्ये ४ वटा बैंक मात्रै खल्तीमा जोडन बाँकी छ । अरु सवै बैंक खल्तीसँग जोडिइसकेका छन् । खल्तीबाट नेपालमा भएको विभिन्न क्युआरकोडमा भुक्तानी हुँदैन यो समस्यालाई पनि समाधन गर्दै अघि बढ्ने छ ।

अमितका अनुसार विद्युतको भुक्तानी, काठमाडौं खानेपानीको विल तिर्नसक्ने गरी सरकारलाई पनि डिजिटल भुक्तानीमा केन्द्रीत गर्दै लगेको छ ।

शहरी क्षेत्रमा खल्तीको नेटवर्क पुगे पनि ग्रामीण क्षेत्रमा डिजिटल पेमेन्टका पहुँच पुग्न सकेको छैन । इन्टरनेटको पहुँच बढ्दै गए पनि ग्रामिण भेगमा पनि खल्तीलाई पुर्याउने योजना अमितका टिमको छ ।
सयौं बर्ष पुरानो क्यास कारोबारको चलनलाई परिवर्तन गरेर डिजिटल पेमेन्टमा ल्याउनको लागि केही समय लाग्ने अमित बताउँछन् ।

हाल बागमति प्रदेशको सवारी कर खल्ती मार्फत भुक्तानी गर्ने सुविधा ल्याएको छ । त्यसैगरी खल्तीबाट मोबाइल रिचार्ज, टिभि/इन्टरनेट/ ल्यान्डलाइनको बिल भुक्तानी गर्न सकिन्छ ।

खानेपानी, बिजुली, इन्स्युरेन्स, हवाई टिकट, होटल लगायतको भुक्तानी सजिलै गर्न सकिन्छ ।
नेपालमा हुने डिजिटल भुक्तानीको २० प्रतिशत कारोबार खल्तीबाट हुने अमितको भनाई छ । हाल खल्ती मासिक अर्बाैकाे कारोबार गर्दै आएको छ ।

ग्रामिण क्षेत्रमा डिजिटल पेमेन्टको पहुँच पुर्याउन सरकार तथा राष्ट्र बैंकले पनि सहुलियत दिनुपर्ने उनको भनाई छ ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकले पनि खल्तिमा हालै ४० प्रतिशत लगानी गरेको छ । अहिले खल्ती एन्ड्रोइमा २१ लाख र आइओएसमा १ लाख डाउन्लोड भएको छ । अमित सुनाउँछन्, ‘हाम्रो प्रतिस्पर्धा वालेटसँग होइन क्याससँग छ जसमा बिश्वास महत्वपूर्ण हुन्छ ।’ 

कुनै नयाँ वालेट नेपालमा आएर ग्राहकले प्रयोग गर्दा त्यसले काम गर्दैन भने डिजिटल वालेट उद्योगमा नै गलत सन्देश गइदिन्छ ।’  अमित भन्छन ‘खल्तीलाई नै पैसाँको नयाँ ठेगानाको रुपमा अघि बढाउँछौ ।’

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।