आरएसडिसी लघुवित्तकाे खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्याे

Jan 27, 2022 02:20 PM Merolagani

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RSDC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढे पनि गत आर्थिक वर्षको पुस मसान्तसम्ममा रिभर्स रहेको लघुवित्तको इम्पेरेमेन्ट चार्ज यस वर्ष बढेसँगै लघुवित्तको खुद नाफा घटेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.७९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.७९ प्रतिशतले घटेर ६ करोड ९६ लाख रुपैयाँ ऋणात्मक भएको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १४ रुपैयाँ ३० पैसा घटेर १२ रुपैयाँ १५ पैसामा झरेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष पनि बढेर ७ करोड ७७ लाख रुपैयाँ पुगेकाे छ। त्यसैगरी, लघुवित्तको सापटी २४.८९ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स संस्थाहरुसँगको कर्जा ६१.५८ प्रतिशत बढेको छ।

सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ६९.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा रहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।