तीन दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से

Jan 27, 2022 03:26 PM Merolagani

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से यस दिन भने बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ३.२९ अंक बढेर २७७९.९३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३८ अंक र फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको छ।

नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२४ कम्पनीको ५० हजार ९६५ पटकको कारोबारमा ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बराबरको ६६ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सिईडिबी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.१४ प्रतिशत घटेको छ।

बिहीबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको ०.६१ प्रतिशत, जलविद्युतको ०.१६ प्रतिशत, लगानीको ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३५ प्रतिशत, लघुवित्तको ०.१० प्रतिशत र अन्यको ०.८० प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.६९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। इन्स्योरेन्सले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु त्यसतर्फ आकर्षित भएका हुन्। सो इन्स्योरेन्सको यस दिन २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकम, अपि पावर र शिखर इन्स्योरेन्सको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।