कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी एक अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १२ करोड ६ लाख रुपैयाँ बरारबर बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ६३ लाख ४७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश बीमा समितिको स्वीकृती पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी एक अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुगनेछ ।