नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा झरेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन सुनको मूल्य घटेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा खरिदब्रिक्री भएको थियो । पछिल्लो दुई दिनमा सुन तोलामा नै एक हजार ८०० रुपैयाँले गिरावट भइसकेको छ ।
साताको अन्तिम कारोबार दिन चाँदीको भाउ पनि ओरालो लागेको छ । यस दिन चाँदी तोलामा नै २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २६५ रुपैयाँमा किनबेच हुुँदैछ । बिहीबार पनि चाँदीको भाउमा गिरावट भएर प्रतितोला एक हजार २९० रुपैयाँ तोकिएको थियो ।
साताभरमा सुन प्रतितोला एक हजार २०० रुपैयाँले घट्याे
यद्यपी साताभरमा भने सुन प्रतितोला एक हजार २०० रुपैयाँले घटेको महासंघको तथ्यांकले देखाउँछ । गत शुक्रबार सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको थियो । त्यसपछिका कारोबार दिन, सुनको मूल्यमा सामान्य उतारचढाव देखियो । याे साता सुनकाे उच्च काराेबार मूल्य प्रतिताेला ९४ हजार ४०० रूपैयाँ रहेकाे थियाे जुन बुधबार ताेकिएकाे थियाे । सातामा सबैभन्दा सस्ताे भने आज नै खरिदबिक्री भइरहेकाे छ ।
चाँदी तोलामा ६० रुपैयाँले गिरावट
यस साता चाँदीको भाउ तोलामा ६० रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन, शुक्रबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । त्यसयता चाँदीकाे भाउ निरन्तर ओरालो लागिरहेको छ ।
गत शुक्रबार चाँदीकाे भाउ सर्वाधिक महंगाे प्रतिताेला एक हजार ३२५ रूपैयाँ रहेकाे थियाे । याे शुक्रबार भने चाँदी सबैभन्दा सस्ताे भाउमा काराेबार हुँदैछ ।