१२ करोड बराबरको आईपीओ जारी गर्दै कालिञ्चाेक केबलकार, होटलमा लगानी गर्ने तयारी

Jan 28, 2022 12:58 PM Merolagani

दोलखाको कालिन्चोक केबलकारले सर्वसाधारणका लागी शेयर जारी गर्ने भएको छ । कालिञ्चाेक दर्शन लिमिटेडले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर जारी गर्ने लागेको हो ।

२०७५ कार्तिकबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको कालिन्चोक केबलकारले होटल तथा पर्यटनमा समेत लगानी थप्दै आईपीओ जारी गर्न लागेको जनाएको छ ।

 

कालिञ्चाेक केबलकारका सञ्चालक बालकृष्ण शिवाकोटीले १२ लाख कित्ता बराबरको आईपीओ चार महिना भित्र जारी गर्न लागेको जानकारी दिए । उनका अनुसार कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई १० प्रतिशत र बाँकी सर्वसाधारणलाई आईपीओ साधारण शेयर निष्काशन गर्न लागेको हो ।

‘त्यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेका छौं’ उनले भने ।

त्यस्तै केबलकारसँगै कम्पनीले होटलमा पनि लगानी गर्ने तयारी गरेको छ । हाल कालिञ्चोकमा व्यवस्थित होटल नभएको कारण कालिञ्चोकको मौसमलाई हेररे होटलसमेत सञ्चालन गर्ने तयारी भइरहेको शिवाकोटीले मेरो लगानीलाई बताए ।

आगामी बैशाखदेखि कालिञ्चोकमा होटल बनाउने र केबलकारको क्षमता समेत वृद्धि गर्ने शिवाकोटीको भनाई छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।