हाल अभियान लघुवित्त वित्तीयको अधिकृत पूँजी ३० करोड रूपैयाँ, जारी पूँजी २५ करोड रूपैयाँ, र चुक्ता पूँजी १५ करोड २५ लाख रूपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी २५ करोड रूपैयाँ हुनेछ । गत कात्तिकमा सम्पन्न संस्थाको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
अभियान लघुवित्त कम्पनी ऐन, २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई मिति २०७६-६-१ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी राष्ट्रिय स्तरको “घ” बर्गको वित्तीय संस्थाको रुपमा स्थापित तथा संचालित लघुवित्त वित्तीय संस्था हो ।
यस वित्तीय संस्थाले २०७६ साल मंसीर महिना १ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो । पनौती, काभ्रेमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले नेपाल राज्यभर ६० वटा शाखा कार्यालय मार्फत २४,८८३ जना विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी २४ करोड ६२ लाख ९५ हजार रूपैयाँ बचत संकलन तथा १९९ करोड ९० लाख २९ हजार रूपैयाँ कर्जा प्रवाह रहेको छ । यसैगरी आ.ब.०७७/०७८ को आषाढ मसान्त सम्ममा १ करोड ७७ लाख रूपैयाँ खूद मुनाफामा रहेको यस वित्तीय संस्था चालुु आ.ब.को दोश्रो त्रैमासिक अवधि सम्ममा १ करोड ३७ लाख रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।