अमेरिकाको अर्थतन्त्र सुधाराेन्मुख, जिडिपी चार दशककै उच्च

Jan 28, 2022 04:20 PM Merolagani

कोरोना महामारीको असरबाट थलिएकाे अमेरिकाको अर्थतन्त्र अब सुधाराेन्मुख रहने संकेत पाइएको छ। २०२१ को चौथो त्रैमासमा अमेरिकाको आर्थिक वृद्धि गति लिने सम्भावना छ। सो अवधिमा अमेरिकाको जिडिपी ६.९ प्रतिशत रहेको छ ।

यो वृद्धि सन् १९८४ पछिको सबैभन्दा धेरै हो। जसकारण व्यापारमा माग बढ्यो। फलस्वरुप, समग्र आर्थिक वृद्धि ५.७ प्रतिशत रहेको छ। जसकारण अमेरिकाको आर्थिक वृद्धि करिब चार दशकमा सबैभन्दा धेरै भयो।

बिहीबार कमर्स डिपार्टमेन्टद्वारा जारी गरिएको तथ्यांकमा आर्थिक वृद्धिका बारेमा जानकारी दिइएको छ। तेश्रो त्रैमासमा जीडिपी विकास दर केवल २.३ प्रतिशत रहने आंकलन गरिएको थियो। यसपछि  चौथो त्रैमासमा यो वृद्धि बढ्दा अर्थशास्त्रीहरुकाे अनुमान सहि प्रमाणित भएको छ।

अर्थशास्त्रीहरुले जीडिपी ग्रोथ ३.४ प्रतिशतबाट ७ प्रतिशतकाबिच रहने अनुमान लगाएका थिए तर अहिले तथ्यांक सार्वजनिक भएपछि अमेरिकी अर्थतन्त्रको यो वृद्धिलाई अत्यन्त राम्रो मानिएको छ। विश्वमा कोरोना महामारीबाट सबैभन्दा प्रभावित रहेकाले पनि अमेरिकाको यो आर्थिक वृद्धि अत्यन्त महत्वपूर्ण मानिएको छ। अमेरिकामा कोरोना संक्रमित तथा निधन हुनेको संख्या सबैभन्दा धेरै रहेको छ ।

२०२० मा जीडीपी ३.४ प्रतिशतले गिरावट आएको थियो र यो ७४ वर्षको सर्वाधिक गिरावट थियो। कमर्स डिपार्टमेन्टका अनुसार अर्थतन्त्रमा सुधार आउनुको कारण उपभोक्ता खर्चको क्षमता र निजी लगानी बढ्नु हो।

२०२० मा काेराेना महामारी उत्कर्षमा पुग्दा अमेरिकामा आर्थिक मन्दि देखियाे । त्यसपछि भने  तिव्रताका साथ आर्थिक पुनर्स्थापना हुँदा वृद्धि उच्च हुन पुग्याे ।

गत वर्ष वृद्धिलाई ठुलो वित्तिय प्रोत्साहनका साथै अत्यन्त न्यून व्याजदरले प्रेरित गरेको थियो। यद्यपी कोराेना संक्रमणको नयाँ ओमिक्रोन भेरियन्टका कारण कमी आएको थियो। जसकारण खर्च घट्नकासाथै कारखाना र सेवा क्षेत्रको गतिविधमा अवरोध पुगेको थियो।

२०२२ मा कस्ताे हाेला आर्थिक वृद्धि ?

यस वर्ष अमेरिकाकाे आर्थिक वृद्धि केहि सुस्त हुने पुर्वानुमान गरिएकाे छ । अन्तरराष्ट्रिय मुद्रा काेषले गरेकाे अनुमान अनुसार २०२२ मा अमेरिकाकाे आर्थिक वृद्धि घटेर ४ प्रतिशतमा झर्नेछ ।

यसैगरी युराेपियन क्षेत्रकाे आर्थिक वृद्धि यस आर्थिक वर्षमा ५.२ प्रतिशतले घटेर २०२२-२३ मा ३.९ प्रतिशत हुने अनुमान गरिएकाे छ । यस्तै बेलायतकाे अनुमान ४.७ प्रतिशत, फ्रान्सकाे ३.५ प्रतिशत, जापानकाे ३.३ प्रतिशत र रसियाकाे २.८ प्रतिशत पुर्वानुमान गरिएकाे छ ।

एजेन्सी ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।