समिट लघुवित्तको खुद नाफा शत प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

Jan 28, 2022 04:22 PM Merolagani

समिट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFDB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.२८ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ४ करोड २४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८१.५९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा पनि १०२.३० प्रतिशतले बढेर १३ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा १ करोड ९९ लाख रुपैयाँ मात्रै छुट्याएको छ ।

यस अवधिमा लघुवित्तले ३ अर्ब ४२ करोड २४ लाख रुपैयाँ सापटि र १ अर्ब २४ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसबाट लघुवित्तले १७ करोड ९५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १९ करोड ३० लाख रुपैयाँ संञ्चित रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५५ पैसाबाट बढेर ३४ रुपैयाँ ४५ पैसा पुगेको छ । यस्तै लघुवित्तको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ७ पैसा र मूल्य आम्दानी अनुपात ३८.६४ गुणा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।