थप ६ हजार ८२७ जनामा कोभिड १९ पुष्टि, १० जनाले ज्यान गुमाए

Jan 28, 2022 04:49 PM Merolagani

शुक्रबार थप ६ हजार ८२७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेडमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कुल १९ हजार ८६९ जनामा कोरोना परीक्षण गरिएको थियो ।

तीमध्ये १३ हजार ७ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा ४ हजार ८०७ जनामा र ६ हजार ७८ एन्टिजेन परीक्षणबाट दुुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

एक दिनमा कोरोना संक्रमणका कारण १० जनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै सोहि अवधिमा पाँच हजार ४३२ जना कोरोना निको भएका छन्।

आज काठमाडौं उपत्यकामा २ हजार ९४० जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २ हजार १५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ जना हुन् ।

२४ घण्टमा गरिएको कुल पीसीआर परीक्षणमध्ये देशभरको औसत संक्रमण दर ३४.९ प्रतिशत रहेको छ ।

हाल देशमा ८९ हजार ९४१ जना कोरोनाका सक्रिय संक्रमित छन्। यसैगरी क्वारेन्टिनमा १३९ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।