सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हट्याे, निजी र ट्याक्सीमा यथावत

Jan 28, 2022 08:28 PM Merolagani

काठमाडौं उपत्यकामा चल्ने बस, माइक्रोबस र टेम्पोलगायतका सार्वजनिक सवारी साधनहरुमा जोर बिजोर प्रणाली हटाइएको छ ।

 

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ट्याक्सी र निजी सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । 

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले पनि सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।

 
comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।