बैंक अफ काठमाण्डू लिमिटेडको कम्पनी विश्लेषण

Apr 02, 2022 06:31 PM Merolagani

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक साढे ३७ अंक घटेको छ। गत साताको अन्तिम कारोबार दिन १६८०.२० विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ३७.५४ अंक घटेर १६४२.६६ विन्दुमा झरेको छ।

सोही उपसमूहको एक कम्पनी हो, बैंक अफ काठमाण्डू लिमिटेड (BOKL)।

गत साता २७१ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको यस बैंकको शेयरमूल्य यस साता ७ रुपैयाँ ५० पैसा घटेर २६४ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार यस साता बैंकको शेयरमूल्य उकालो लागेमा ३०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा २४० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता बैंकको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बैंकको शेयरमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले लामो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन कारोबार अवधिभर बैंकको शेयरमूल्य बढेपनि अन्तिम अवधिमा भने बिक्रीकर्ता हावी भएको देखाउँछ।

यस साता बैंकको शेयरमूल्य घटेपनि भोल्यूम भने बढेको छ। यस साता बैंकको दैनिक औषतमा ३२ हजार ३०० कित्ता शेयर खरिदबिक्री भएको छ। बैंकको २० दिने औषत भोल्यूम ३१ हजार २४७ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ३.३७ प्रतिशत बढी हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ७१ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य १.५३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ७० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.२९ प्रतिशतले बढेर एक अर्ब ६९ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १६.३१ प्रतिशत र सञ्चालन मुनाफा ९.२२ प्रतिशतले बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज पनि समीक्षा अवधिमा ५ करोड १६ लाख ऋणात्मकबाट दुई करोड ५४ लाख रुपैयाँ धनात्मक भएको छ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ। चुक्ता पूँजी १० अर्ब ६२ करोड ३९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब २१ करोड ५० लाख रुपैयाँ सञ्चित छ।

यस्तै, बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ६७ पैसाबाट एक रुपैयाँ १३ पैसाले घटेर १३ रुपैयाँ ५४ पैसामा सीमित भएको छ। त्यसैगरी बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ५ पैसा छ।

साताको अन्तिम कारोबार दिनको आधारमा बैंकको मूल्य आम्दानी अनुपात १९.५ गुणा रहेको छ भने प्रतिशेयर बुकभ्यालु १.६७ गुणा रहेको छ। बैंकको आरएसआई न्युट्रल जोन अर्थात ४३.१३ स्केलमा रहेको छ। प्राविधिक विश्लेषणका अधिकांश सूचकहरुमा बैंकको शेयरमूल्य बियरिश रहेको संकेत गर्दछ।

नेप्सेमा हाल बैंकको १० करोड ६२ लाख ३९ हजार ९४०.७२ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत २९४ रुपैयाँ ४४ पैसा रहेको छ। त्यसैगरी, नेप्सेको ५२ हप्ताको उच्च मूल्य ४३३ रुपैयाँ २० पैसा रहेको छ भने न्यून मूल्य २४० रुपैयाँ २० पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण २८ अर्ब ४ करोड ७३ लाख ४४ हजार ३५० रुपैयाँ ८ पैसा रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयर अहिले फियर जोनमा रहेको छ। र यो एक्स्ट्रीम फियर जोन तर्फ गइरहेको छ। यसले बैंकको शेयरमूल्य कुनै पनि बेला बढ्न सक्ने संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।