शिखर इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Apr 04, 2022 07:50 AM Merolagani

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले चैत १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (चैत २१ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो।

यसअनुसार इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गरेको छ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।