हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

Apr 06, 2022 12:20 PM Merolagani

हिम इलेक्ट्रोनिक्स प्रा.लिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई–फोहोर व्यवस्थापनकोलागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो ।

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र यो सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।