इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज बुकक्लोज गरेको हो। यस अनुसार चैत २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
नेप्सेले यस दिन इन्स्योरेन्सको ७ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६०२ रुपैयाँ ८० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६४५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
इन्स्योरेन्सले बैशाख ११ गते दिनको १२ः३० बजे पर्सा, वीरगञ्जको दियालो लर्डस प्लाजामा २० औं वार्षिक साधारण सभा बोलाएको छ।
साधारण सभाबाट कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट प्रस्तावित ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।