नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी विश्लेषण

Apr 09, 2022 06:53 PM Merolagani

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) को ४० प्रतिशत बोनस शेयर गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २४ करोड ६१ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ करोड १९ लाख ३८ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १३ करोड ४१ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २५ करोड ७८ लाख रुपैयाँबाट बढेर ४४ करोड ४० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २१ करोड २९ लाख रुपैयाँबाट बढेर ३९ करोड ६ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २६ करोड ४० लाख रुपैयाँबाट बढेर ५८ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ३४ करोड ५३ लाख रुपैयाँबाट बढेर ५९ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ८३ रुपैयाँ ९० पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ २८ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको आधारमा लघुवित्तको मूल्य आम्दानी अनुपात २६.१६ गुणा रहेको छ भने प्रतिशेयर बुकभ्यालु १०.९१ गुणा रहेको छ।

गत बिहीबार लघुवित्तको आरएसआई ३१.०३ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा लघुवित्तको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा लघुवित्तको शेयरमूल्य अहिले बियरिश देखिएको छ।

हाल लघुवित्तको नेप्सेमा ५८ लाख ६६ हजार ७५० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता २१९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यस अनुसार लघुवित्तको कुल बजार पूँजीकरण १२ अर्ब ८७ करोड ७५ लाख १६ हजार २५० रुपैयाँ रहेको छ।

लघुवित्तको १८० दिने औषत मूल्य २८४४ रुपैयाँ ८५ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको पछिल्लो ५२ हप्ताको उच्च मूल्य ४०८० रुपैयाँ रहेको छ भने न्यून मूल्य २१०० रुपैयाँ रहेको छ।

यस साता लघुवित्तको शेयरमूल्य ११९ रुपैयाँ घटेको छ। गत साता २३१४ रुपैयाँमा भएको अन्तिम कारोबार यस साता २१९५ रुपैयाँमा भएको छ। यस अनुसार आगामी साता लघुवित्तको शेयरमूल्य उकालो लागेमा २४०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २००० रुपैयाँमा टेवा पाउने देखिन्छ।

यस साता लघुवित्तको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा लघुवित्तको शेयरमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। साताको अन्तिम कारोबार दिन लघुवित्तको शेयरमूल्यले हरियो मारुबोजु मैनबत्ती बनाएको छ। यसले सो दिन लघुवित्तको शेयरमूल्यमा खरिदकर्ताहरु हाबी रहेको संकेत गर्दछ। बढेपनि अन्त्यतिर बिक्री चाप बढेको संकेत गर्दछ।

शेयरमूल्य घटेपनि यस साता लघुवित्तको भोल्यूम भने बढेको छ। यस साता दैनिक औषतमा लघुवित्तको ५ हजार २४३ कित्ता शेयर खरिदबिक्री भएको छ। लघुवित्तको २० दिने औषत भोल्यूम २ हजार ४२६ कित्ता रहेको छ। लघुवित्तको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ११६.११ प्रतिशत बढी हो।

‘फियर एण्ड ग्रीड’ मिटरमा कम्पनीको शेयरमूल्य अहिले फियर जोनमा रहेको छ। गत साताको तुलनामा लगानीकर्ताहरु लघुवित्तको शेयर खरिद गर्न डराएको देखिएपनि अन्तिम कारोबार दिन भने केही सुधार भएको छ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।