गत साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। नप्सेले ३ कारोबार दिनमा सो बराबरको अंक गुमाएको हो।
यस अनुसार यस साता नेप्से उकालो लागेमा २५३५.४८ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने २३५० मा टेवा पाउने देखिन्छ।
गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ।
गत साताको अन्तिम कारोबार दिन नेप्सेले बुलिश मैनबत्ती प्याटर्न बनाएको छ। यद्यपि, साप्ताहिक रुपमा भने नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। यसले बजारमा गत साता बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।
नेप्सेसँगै गत साता भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ७५ करोडको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा नेप्सेको दैनिक औषत भोल्यूम २५.५८ प्रतिशत कम हो।
लघुवित्त उपसमूह
गत साता १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको थियो। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सबैभन्दा कम अर्थात ०.०३ प्रतिशत घटेको थियो। अघिल्लो साता ४८४२.०३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, गत साता १.४५ अंक घटेर ४८४०.५८ विन्दुमा बन्द भएको छ।
यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ५२०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ४६०० विन्दुमा टेवा पाउने देखिन्छ।
यस साता लघुवित्त उपसमूहको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले लघुवित्त उपसमूह डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।
(विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा)
(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)