आइतबार सुनचाँदीको भाउ स्थिर, एक लाख रूपैयाँ माथि किनबेच हुँदै सुन

Apr 17, 2022 11:04 AM Merolagani

साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ। वैशाख ४ गते, छापावाल सुन प्रतितोला एक लाख २ हजार रूपैयाँ कायम रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन पनि शुक्रबारकै भाउ अथार्त प्रतितोला एक लाख एक हजार ५०० रूपैयाँ तोकिएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन भने सुनको भाउ तोलामा ५०० रूपैयाँले बढेको थियो।

आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रूपैयाँमा खरिदबिक्री भईरहेको छ। गत शुक्रबार भने चाँदी तोलामा १५ रूपैयाँले उकालो लागेको महासंघको तथ्यांकले देखाउँछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।