निरन्तर चौथो दिन घट्यो सुनको मूल्य

Apr 27, 2022 11:46 AM Merolagani

सुनको मूल्य निरन्तर चौथो दिन ओरालो लागेको छ। बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ घटेर कारोबार भइरहेको छ।

अघिल्लो दिन अर्थात मंगलबार ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, यस दिन तेजाबी सुन प्रतिताेला ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनसँगै यस दिन चाँदीको मूल्य पनि ओरालो लागेको छ। यस दिन चाँदी प्रतितोला १० रुपैयाँ घटेर १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।