नेपाल फाइनान्सको शेयरमूल्य समायोजन

May 03, 2022 08:45 AM Merolagani

बैशाख २० गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल फाइनान्स (NFS) को शेयरमूल्य समायोजन भएको छ। हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सको बुकक्लोज भएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

फाइनान्सले हकप्रद निष्काशन प्रयोजनार्थ भोलि अर्थात बैशाख २१ गते, बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन पाउनु पर्ने थियो। यद्यपि, आज सरकारले सार्वजनिक बिदा घोषणा गरेका कारण नेप्सेले यस दिन नै मूल्य समायोजन गरेको हो।

नेप्सेले यस दिन फाइनान्सको ७० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो। समायोजनपश्चात फाइनान्सको शेयरमूल्य ३११ रुपैयाँ १८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा फाइनान्सको मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार फाइनान्सको शेयर प्रतिकित्ता ४५९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

फाइनान्सको २८ औँ वार्षिक साधारण सभाले हाल कायम १० कित्ता बराबर नयाँ ७ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।