नाफासँगै बढ्यो सानिमा माइ हाइड्रोपावरको ईपीएस

May 09, 2022 02:25 PM Merolagani

सानिमा माइ हाइड्रोपावर कम्पनी लिमिटेड (SHPC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४५ करोड ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.४७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी र वित्तीय आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ११.५१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको खुद सञ्चालन मुनाफा १४.३७ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३६८.९९ प्रतिशत बढेको छ।

कम्पनीको चुक्ता पूँजी समीक्षा अवधिमा १० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग ३६.७१ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ६५ पैसा बढेर १९ रुपैयाँ ४२ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.३० गुणा रहेको छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।