आयोगले बरुण हाइड्रोपावर कम्पनी (BARUN) लाई १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको हो ।
हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।
यस्तै आयोगले ङादी ग्रुप पावरलाई पनि १ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न सहमति प्रदान गरेको छ । कम्पनीले हाल कामय चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँको १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीले १ः२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति माग्दै आयोगमा आवेदन दिएको थियो ।
हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।