गत साता ५ प्रतिशत बढेको नेप्से, यस साता के होला?

May 17, 2022 04:59 AM Merolagani

गत साता नेप्से परिसूचक ५ प्रतिशत बढेर बन्द भएको थियो। अघिल्लो साता २२३८.६२ विन्दुमा बन्द भएको नेप्से, गत साता ४.९९ प्रतिशत अर्थात १११.८० अंक बढेर २३५०.६२ विन्दुमा बन्द भएको छ।

साताका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार बढेर बन्द भएसँगै नेप्सेले सो अंक कमाएको हो। गत साता अन्तिम कारोबार दिनबाहेक अन्य सबै कारोबार दिनमा बजार बढेको थियो।

बैंकहरुले जेठ महिनाका लागि ब्याजदर नबढाउने निर्णयसँगै गत साता नेप्से बढ्न पुगेको थियो।

यस साता नेप्से परिसूचक उकालो लागेमा २४१३.९९ विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने २२५९.५२ विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यद्यपि, यी दूई बीचकाृ दूरी साँघुरिएको छ। यसले बजारमा विस्तारै बाइङ्ग मोमेन्टम बढ्न थालेको संकेत गर्दछ। यस साता ५ दिने इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथितिर लागेमा बुलिश क्रशओभर बन्नेछ। जसलाई बजार बढ्ने संकेतको रुपमा हेर्ने गरिन्छ।

गत साता नेप्सेले साप्ताहिक रुपमा बुलिश मारुबोजु बनाएको छ। यसले गत साता खरिदकर्ता बलियो रहेको संकेत गर्दछ। त्यसैगरी, गत साताको अन्तिम कारोबार दिन नेप्सेले रातो मैनबत्ती बनाएको थियो जसले सो दिन बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।

गत साता नेप्सेसँगै भोल्यूम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको पछिल्लो २० दिने औषत भोल्यूम १ अर्ब ५७ करोड रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम ८.७६ प्रतिशत बढी हो।

जीवन बीमा उपसमूह

गत साता जीवन बीमा उपसमूहको परिसूचक १.३१ प्रतिशत बढेको छ। अघिल्लो साता ११ हजार ७४४.३९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, गत साता १५३.२९ अंक बढेर ११ हजार ८९७.६८ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा १३ हजार विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ११ हजार विन्दुमा टेवा पाउने देखिन्छ।

(विस्तृत प्राविधिक विश्लेषण मेरोलगानी न्यूजलेटरमा)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।