नयाँ सिस्टम सहित आइतबारबाट लाइसेन्स आवेदन खुल्ने, भुक्तानी पनि अनलाइनबाटै

May 18, 2022 01:25 PM Merolagani

यातायात व्यवस्था विभागले आगामी आइतबारदेखि अनलाइन भुक्तानी प्रणाली सहित नयाँ अनलाइन लाइसेन्स आवेदन खुलाउने भएको छ ।

पुरानो झन्झटिलो सिस्टमलाई हटाएर दैनिक १५ हजार आवेदन क्षमता थेग्न सक्ने अनलाइन सवारीचालक अनुमति पत्र प्रणाली ल्याउने भएको हो ।

 

काठमाडौं तथा देशैभरका यातायात कार्यालयहरुले अगामी बैशाख मसान्तसम्म सबै पेन्डिङ आवेदकको परीक्षा लिने गरी ट्रायल परीक्षा लिइसकेका छन ।

विभागले बैशाख भित्र बायोमेट्रिकको लागि यातायात कार्यालय नजाने आवेदकको आवेदन खारेज गरिसकेको छ ।
यातायात विभागले जेठ ४ गतेबाट आवेदन खुलाउने तयारी गरेपनि सिस्टममा प्रविधिक समस्या र अनलाइन पेमेन्टको काम पुरा नभएकाले दोस्रो हप्ता पुर्याएको हो ।

यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले सिस्टममा समस्या नआए अगामी आइतबारसम्म अनलाइन आवेदन खुलाउने तयारी भएको जनाकारी दिए ।

‘सिस्टमको अझै केहि काम बाँकी नै छ, शुक्रबारसम्म सकेर आगामी आइतबारबाट आवेदन लिने भन्ने छलफल भएको छ’ पोखरेलले मेरो लगानीसँग भने । अब सेवाग्राहीले राजश्व अनलाइन मार्फत भुक्तानी गरेपछि मात्रै यातायात कार्यालय पुग्नु पर्ने गरी सिस्टम डिजाइन गरिएको छ ।

यसैगरी, आवेदकले दिएको आवेदनमा कुनै क्रुटि भएमा सेवाग्राही आफैले लगइन गरेर आफनो डेटा सच्याउन पाउने छन् ।
अनलाइन लाइसेन्स आवेदन सिस्टममा मोबाइल नम्बर तथा लाइसेन्स नम्बरबाट लगइन गर्न सकिन्छ । लगइन भइसकेपछि ड्यासबोडमा जान्छ र सेवाग्राहीले संघीयता अनुसार आफ्नो व्यक्तिगत विवरण भर्नु पर्नेछ ।

नागरिकता तथा डक्युमेन्ट समेत सिस्टममै अपलोड गर्न सकिनेछ । यदि गृहमन्त्रालयमा भएको नागरिकता अनुसार डेटा नभएको खण्डमा यातायात कार्यालयमा गएर नाम रुजु गराउनु पर्छ ।

नाम तथा आफ्नो व्यक्तिगत विवरण सच्याउनै कै लागि कार्यालय पुग्नुपर्ने र राजश्व तिर्न लाइन लाग्नु पर्ने बाध्यता हट्ने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।