भिभोको नविन प्रविधिहरुले जित्दै प्रयोगकर्ताको मन

May 19, 2022 03:56 PM Merolagani

भिभोले अनुसन्धान तथा विकासमा लगानी गरिरहेको छ । आफ्ना प्रयोगकर्ताहरूका लागि हाई–टेक एवं प्रयोगकर्ता–मैत्री स्मार्टफोनहरू ल्याउने प्रयासमा भिभोले ग्राहकहरूको जीवन सरल बनाउन अद्वितीय उपकरणहरु प्रदान गर्दै आइरहेको छ ।

ब्रान्डले धेरै हदसम्म आफूलाई व्यावसायिक स्मार्टफोन फोटोग्राफीको रुपमा चिनाउँदै आइरहेको छ । सबै प्रयोगकर्ताहरूका लागि व्यावसायिक क्यामेराका तत्वहरू अझ पहुँच योग्य बनाउन भिभोले आफ्ना प्रत्येक नयाँ उत्पादनहरूमा उल्लेखनिय विशेषताहरू थप्दै आइरहेको छ । तर, भिभोले क्यामेरा मात्र नभएर डिजाइन र कार्यसम्पादनलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छ ।

विश्वको पहिलो रंग परिवर्तन हुने स्मार्टफोन

भी२३ फाइजीकाे  कलर चेन्जिङ फ्लोराइट एजी डिजाइनले गर्दा समार्टफोन अल्ट्राभायोलेट किरण वा घाममा लगभग ३० सेकेन्ड पछि रङ परिवर्तन गर्दछ । घामबाट फोन हटाएपछि यो पुन सामान्य रङमा फर्किन्छ । सनसाइन गोल्ड भेरियन्ट हल्का आइस ब्लू र पिकं–ओरेन्ज रंगबाट नीलो–हरियो ग्रेडियन्टमा परिर्वतन हुन्छ ।

अँध्यारोमा जादूमय प्रदर्शन गर्ने क्यामेरा

भिभोले प्रकाशको इनटेक बढाउदै कम प्रकाशको अवस्थामा एक्सपोजर टाइम विस्तार गरेर उत्कृष्ट तस्बिरहरू खिच्न सकिने उन्नत नाइट क्यामेरा प्रणाली ल्याएर यो चुनौतीलाई सफलतापूर्वक सामना गरेको छ । यसले उत्कृष्ट र स्पष्ट तस्वीरहरु खिचेर सम्पादनको आवश्यकतालाई हटाउँछ ।

फ्रन्ट क्यामेरा प्लस अप्टिकल इमेज अप्टिमाइजेसन

भिभोले वाई सिरिज स्मार्टफोनहरू जस्तै वाई३३एस र वाई५३एस मा अद्भूत क्यामेरा विशेषताहरु ल्याएको छ । भी२१ स्मार्टफोन मार्फत भिभोको फ्रन्ट क्यामेरा ओआइएस , सेल्फी क्यामेराहरू स्थिर, अल्ट्रा–क्लियर फोटोहरू, हलचल गर्दा पनि स्पष्ट तस्वीरहरु खिच्न सक्षम छन् । भिभो भी२३ फाइभजीको फ्रन्टमा भएको ५० एमपी अटोफोकश सेल्फी पेट्र्रोट सेल्फी र ८एमपी सुपर वाइड–एंगल क्यामेराको संयोजनले जेएनभी सेन्सर र आई अटोफोकसको साथ रचनात्मक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्न विशेषताहरुको नयाँ दायरा प्रदान गर्दछ ।

 अपेक्षा बढाउने पर्फमेन्श

यस स्मार्टफोनमा सामाजिक सञ्जाल उत्साहीहरू, गेमरहरू, उत्साही पाठकहरूले ९० हर्ज रिफ्रेस रेट डिस्प्लेको साथ सुपर स्मूद प्रदर्शनको मजा लिन सक्छन् । भि२३ फाइभजीमा ४४ वाट्ट फ्ल्यासचार्ज क्षमता पनि छ जसले सुपर स्लिम ४२०० एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।