पहिलो शुक्रबार कारोबार न्यून, नेप्से पनि घट्यो

May 20, 2022 03:19 PM Merolagani

पहिलो पटक शुक्रबार खुलेको बजारमा कारोबार रकम निकै न्यून देखिएको छ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिएसँगै नेप्सेले सोमबारदेखि शुक्रबारसम्म बजार खोल्ने निर्णय गरेको थियो।

सोही अनुसार यस दिन पहिलो पटक शुक्रबार बजार खुलेको हो। यस दिन बजारमा २२३ स्टकको १९ हजार ५७ पटकको कारोबारमा ९२ करोड ९४ लाख रुपैयाँ बराबरको २५ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से परिसूचक पनि ओरालो लागेको छ। शुक्रबार नेप्से १५.८२ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको छ।

यस दिन ५१ स्टकको मूल्य बढेको छ। यद्यपि, वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ। यस दिन सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीहरको शीर्ष स्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २.७३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि २ प्रतिशतभन्दा बढी बढेको छ।

मूल्य घटेका १५० स्टकमध्ये यस दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ४.९४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब ३ करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन पनि म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक घटेका छन्। यस दिन अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।