हकप्रद आउँदैछ रे भन्दै हल्लाको पछाडि लाग्नेहरु धेरै फसेका छन्

May 22, 2022 06:43 PM Merolagani

हरि चन्द्र खनाल
अहिले बजारमा सबैभन्दा धेरै प्रभाव तरलता संकटले नै पारेको छ। पछिल्लाे समयमा मुलुकमा देखिएको तरलता संकटको कारण पनि बजारमा प्रत्यक्ष प्रभाव परेको छ।

अहिले कुनै पनि बैंक तथा वित्तीय संस्थाले सानो भन्दा सानो पनि कर्जा दिन सक्ने अवस्था छैन्। निक्षेपमा भएको पैसा पनि नझिक्न बैंकहरुले अनुरोध गरेका छन्। यसलाई हेर्दा तरलता संकट घट्ने भन्दा पनि अझ बढ्ने संकेत गरेको देखिन्छ। यी सबै कुरालाई मध्यनजर गर्दा सरकारी खर्च पर्याप्त मात्रामा हुन नसक्नुले यस्तो भएको हो। जसमा सरलता सहज हुन सकेको अवस्था छैन्।

विगतमा पनि बजारमा तरलता अभाव हुने गरेको थियो। तर यस्तो लामो समयसम्म संकट हुने गरेको थिएन। एक महिनाको अन्तरालमा पुनः तरलता संकट समाधान हुने गरेको पाइन्छ। यसपटकको संकट फरक ढंगको भएको बुझिन्छ। लगानीकर्ताहरु अनेक बहानामा संकट समाधान होला भन्ने अपेक्षा गरेका छन्। लगानीकर्ताको आशा निराशामा परिणत भएको छ।

अर्थतन्त्रमा परेको यो संकटको कारण बजारमा झन झन जटिलता बढेका छन्। याे संकट लामो समयसम्म लम्बिने हो कि भन्ने आम लगानीकर्तामा पर्न थालेको छ। वाणिज्य बैंकहरुले सानो सानो कर्जा भए पनि मिलाएर वितरण गरिरहेका थिए। तर अहिले त्यो पनि वितरण गर्न नसक्ने अवस्थामा रहेको बैंकहरुले बताउँदै आएका छन्। उल्टै बैंकहरुमा मु‍द्दती निक्षेपमा राखेको पैसा आवश्यक पर्दा निकाल्न समेत नपाउने अवस्था सिर्जना भएको छ।

शेयर बजार अति प्यानिक हुनुमा ४-१२ कराेडकाे राष्ट्र बै‌ककाे कर्जा नीति दाेषी छ । त्यसपछि शेयरकाे मार्जिन कर्जामा लगाइएकाे डेढ सय प्रतिशतकाे जाेखिम भारले बजारमा झनै असन्ताेष फैलिएकाे छ ।  

अहिले धेरै लगानीकर्ताको लगानी बजारमा फसेको अवस्था छ। बजारमा दुई कुराले लगानीकर्ताहरु फसेका छन्। पहिलो इन्स्योरेन्स कम्पनीहरुकाे पूँजी वृद्धिको योजना आउँछ भनेर बजारमा धेरै लगानीकर्ताको पैसा फसेको छ। इन्स्योरेन्स कम्पनीको पूँजी वृद्धि योजना अनुसार बजार बढ्ने छ र कमाई हुन्छ भन्ने अपेक्षाले केही लगानीकर्ताले इन्स्योरेन्समा लगानी बढाएका थिए। तर बजारमा त्यसको प्रभाव उल्टो परेको देखिन्छ।

दोस्रो निर्वाचनको समयमा खर्च बढ्ने, प्रणालीमा तरलता सहज हुने अपेक्षाअनुसार लगानी फसेको देखिन्छ। अर्को चुनावमा बजार बढ्छ भन्ने भ्रमका कारण पनि केहि लगानीकर्ताहरुले नोक्सानी व्यहोर्नु परेको छ। सामान्यतया हेर्दा जहिले चुनाव भएको छ सोहि समयमा बजार बढेको पाइन्छ। तर यसपटक चुनावमा पनि बजारले सकारात्मक गति समाउन सकेन। चुनावमा तरलता केही सहज होला भन्ने अपेक्षा सेलाएर गयो। बरु बढ्नुको सट्टा झन तरलता संकट चुलिएको अवस्था छ।

बजारका लगानीकर्ताहरुले अर्को महिना ब्याजदर बढ्ने आशंका गर्न थालेका छन्। यसपटक वाणिज्य बैंकहरुले नबढाएको ब्याजदर विकास बैंकहरुले बढाएका छन् । यो बेला वाणिज्य बैंकको निक्षेप विकास बैंकमा जाने खतरा वाणिज्य बैंकहरुले देख्न थालेर प्रतिस्पर्धामा  आउन सक्ने सम्भावना रहन्छ। त्यसैले पनि बजारका लगानीकर्ता चिन्तित भएका छन् र बजारमा सक्रिय भएर लगानी गर्न डराएको अवस्था छ।

निरन्तरको गिरावटले बजारका अंधिकांश कम्पनीको शेयर मूल्य न्यून विन्दुमा पुगेको छ। यस्तो बेला हाईड्रोपावर कम्पनीको शेयर मूल्य बजार झर्न थालेदेखि घटेको छ। अहिले हाईड्रोपावर कम्पनीको हकप्रद आउँछ भनेर केही लगानीकर्ता हौसिएको पाइन्छ। यस्तो बेला लगानीकर्ताहरुले हाैसियर भन्दा पनि सुझबुझका साथ लगानी गर्नुपर्ने हुन्छ। सम्बन्धीत कम्पनीहरुको हकप्रद निष्कान हुने हो वा होइन? हकप्रद निष्काशनको स्वीकृति लिनुपर्ने निकायबाट पाएको नपाएको जाँच गर्नुपर्ने हुन्छ।

त्यसैगरी, कस्ता कम्पनीहरुले हकप्रद प्राप्त गर्न सक्छन्। कस्ता कम्पनीले हकप्रद प्राप्त गर्न सक्ने सम्भावना रहँदैन भन्ने बारेमा लगानीकर्ताहरु जानकार हुनपर्ने छ। सबै कम्पनीहरुको वस्तुगत विषयमा जानकारी हासिल गर्नुपर्ने हुन्छ। हल्लाको भरमा हकप्रद आउँदैछ रे भन्दै हल्लाको पछाडि लाग्नेहरु चाहिँ फस्ने सम्भावना देखिन्छ। पछिल्लो समय धेरै लगानीकर्ताहरु यसरी पनि फसेका छन्। यसलाई लगानीकर्ता स्वयमले सुधार गर्दै जानुपर्ने देखिन्छ।

हाईड्रोपावर कम्पनीहरु धेरै पहिलेदेखि घटन सुरु भएको हो । अहिले धेरै लगानीकर्ताहरु इन्स्योरेन्स कम्पनीहरुमा धेरै फसेका छन्। यो चालु आर्थिक वर्षमा धेरै लगानीकर्ताहरु हाइड्रोपावर कम्पनीमा लगानी फसेको छ। बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम पूँजी पुर्याउन निर्देशन दिएको छ। धेरै बीमा कम्पनीहरुले हकप्रद मार्फत नै पूँजी वृद्धि गर्ने योजना अघि सारेका छन्।

यस्तो अवस्थामा कस्तो कम्पनीलाई हकप्रद निष्काशन गर्न दिने वा मर्जरमा जानुपर्ने भन्ने बारेमा समितिसँग नै प्रष्ट धारणा भएको देखि‌ंदैन। त्यसले पनि इन्स्योरेन्स कम्पनीमा प्रभाव परेको देखिन्छ। नेपालमा नियामक निकायहरुले प्रष्ट रुपमा आफ्नाे धारणा नबनाउने र मर्जर गर्नका लागि दवाव दिने गरेको पाइन्छ। त्यसले पनि बजारलाई प्रभावित बनाएको छ। सम्बन्धित निकायबाट कुनै कुराको सूचना आएपछि त्यसैलाई सहयोग गर्ने गरि आउनुपर्ने हुन्छ। यदि त्यस्तो भएन भने बजारमा नकारात्मक प्रतिक्रिया देखाउन सुरु गर्छ।

बजारमा देखिएको यो समस्या तत्काल सन्तुलनमा आउनेमा लगानीकर्ता आशावादी बन्न सकेको  छैन्। नीति, विधि व्यवस्था यथास्थानमा नरहने भएको कारणले बजारमा प्रभाव परेको हाे। यहाँ एउटा व्यक्तिले बोलेकाे भरमा नीति परिमार्जन हुन सक्ने अवस्था छ। ब्यक्ति बोल्दैमा नीति खारेज हुनेसम्मको काम हुने गरेको पाईन्छ। भर्खरै स्थानीय निकायको निर्वाचन सम्पन्न भएको छ । विस्तारै खर्च बढ्नेछ । त्यस बेला केही सहज भएर बजारले सकारात्मक प्रतिक्रिया देखाउन सक्नेछ।

(नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष खनालसँग सुधा देवकोटाले गरेको कुराकानीमा आधारित लेख)

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।