तीन टेलिकम कम्पनीले बिक्री गरे चार करोड १९ लाख सिम, टेलिकमको मात्रै ५४ प्रतिशत हिस्सा

May 23, 2022 02:17 PM Merolagani

सरकार र निजी क्षेत्रको लगानीमा नेपाल भित्र सञ्चालनमा रहेका तीन ठूलो मोबाइल सेवाप्रदायक कम्पनीले चार करोड १९ लाख भन्दा बढी सिम बिक्री गरेका छन । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टमा नेपालको जनसंख्या भन्दा बढी सिमको प्रयोगमा आएको जनाएको हो ।

नेपालमा सञ्चालित तीन ओटा टेलिकम कम्पनीहरु नेपाल टेलिकम,एनसेल र स्मार्ट टेलिकमले गत फागुन महिनासम्म ४ करोड १९ लाख ६ हजार ६८५ ओटा सिम वितरण गरिसकेका छन ।

खासगरी एउटै व्यक्तिले दुईदेखि तीन ओटासम्म सिम लिने गरेको कारण पनि नेपालको जनसंख्या भन्दा धरै सिम प्रयोगकर्ता रहेको मोबाइल सेवाप्रदायक बताउँदै आएका छन ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरण भएपनि सिम कार्ड बिक्री वितरणमा कुनै मापदण्ड नबनाउँदा सिम वितरणको संख्या धेरै भएपनि संक्रिय प्रयोगकर्ता भने ७० देखि ८० प्रतिशत मात्रै रहेको छ ।

हालै सार्वजनिक भएको रिपोर्ट अनुसार तीन ठूला प्लेयर मध्य नेपाल टेलिकम सिम बिक्री वितरणमा अगाडी देखिएको छ ।

जसमा नेपाल टेलिकमले फागुन मसान्तसम्म नेपालमा फेजआउटको चरणमा रहेको कार्ड डिभिजन मल्टिपल एक्सेस (सिडिएमए) को ३ लाख १९ हजार र ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेशन (जिएसएम) तर्फ दुई करोड २३ लाख २९ हजार ओटा सिम विक्री गरेको तथ्याङ्कले देखाएकाे छ ।

यद्दपि नेपाल टेलिकमले सिडिएमए सिमलाई विभिन्न सहुलियत दिएर जिएसएम प्रविधि मै रुपान्तरण गर्दै आएको छ ।

त्यसैगरी निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवाप्रदायक एनसेलले १ करोड ६८ लाख ८६ हजार सिम बिक्री गरेको छ । नेपालकै तेस्रो ठूला मोबाइल सेवाप्रदायक स्मार्ट टेलिकमले २३ लाख ७१ हजार सिम प्रयोगकर्ता पुर्याएको छ ।

मोबाइल सेवाप्रदायक मध्ये नेपाल टेलिकमले आधा भन्दा बढी अर्थात ५४.९३ प्रतिशत हिस्सा एक्लैले ओगटेको छ । त्यस्तै एनसेलले ३९.५२ प्रतिशत र स्मार्ट टेलिकमले ५.५५ प्रतिशत हिस्सा ओगटेको छ । नेपालमा मोबाइल सेवाको पहुँच जनसङ्ख्याको आधारमा १४३ प्रतिशत पुगेका छ । 

हाल नेपालमा ल्यान्डलाइन फोनका ५ लाख १२ हजार प्रयोगकर्ता रहेका छ । नेपाल टेलिकमले मात्रै दिइरहेको ल्यान्डलाइन फोनको प्रयोग पछिल्लो समय फाइबर टु दी होम प्याकेजको कारण प्रयोगकर्ता बढ्दै गएका छन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।