राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।
यस्तै सरकारले कृषि तथा पशुपन्छि बीमालाई पनि जोड दिने भएको छ । कृषि तथा पशुपन्छीको दायरा विस्तारमा बीमाको महत्व हुने भन्दै कृषि तथा पशुपन्छी बीमालाई जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले हाल कृषि तथा पशुपन्छी बीमाका बीमाशुल्कको ८० प्रतिशत अनुदान प्रदान गर्दै आएको छ ।
यस्तै लघुबीमालाई पनि जोड दिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको छ ।