अपि पावरको साढे ४ लाख कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा

May 25, 2022 08:41 AM Merolagani

अपि पावर कम्पनी लिमिटेड (API) ले साढे ४ लाख अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ।

कम्पनीले २०७८ चैत २५ गतेदेखि २०७९ बैशाख १५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले सर्वसाधारण समूहको ४ लाख ४९ हजार ३२८ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि जेठ १८ गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

लगानीकर्ताले बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, मुक्तिनाथ क्यापिटल, नारायणचौर, नक्साल र मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी तथा जनकपुर शाखा कार्यालयमा बोलपत्र पेश गर्न सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।