अघिल्लो कारोबार दिन अर्थात मंगलबार १६.३२ अंक बढेर २२१७.२० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.२९ अंक बढेर २२२२.४९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५४ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ११ स्टकको ४ लाख ४० हजार ९१७ रुपैयाँ ५० पैसा बराबरको ९५७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ स्टकको मूल्य बढेको छ भने एकको घटेको छ। बाँकी एक स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।