दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

May 25, 2022 03:46 PM Merolagani

नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले आदर्श लघुवित्त वित्तीय संस्था ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।

यस्तै, बोर्डले राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सन कम्पनीलाई पनि २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले उक्त शेयर आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।