यसरी खुल्ने भयो इन्भेष्टमेन्ट बैंकका आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार, अरूको के हुन्छ ?

May 25, 2022 04:56 PM merolagani

सुवास निरौला

नेपाल राष्ट्र बैंकले मर्जर प्रक्रिया भाँडिएको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार खोलिदिन नेप्सेलाई पत्राचार गरेको छ। केन्द्रीय बैकले आधारभूत शेयरधनीको मात्रै कारोबार रोक्का राखी सर्वसाधारणको शेयर कारोबार खोल्न सकिने आशय सहितको पत्र नेप्सेलाई लेखेको हो।

केन्द्रीय बैंकको पत्र पाए सँगै नेप्सेले समेत कम्पनीको शेयर कारोबार खुलाउने विषयमा प्रक्रिया अघि बढाएको छ। उसले केन्द्रीय निक्षेप प्रणाली (सिडिएसिलाई) आधारभूत शेयरधनीको मात्रै शेयर रोक्का राख्ने व्यवस्था मिलाउन भन्दै पत्राचार समेत गरिसकेको जनाएको छ। सिडिएसिबाट आधारभूत शेयरधनीको कारोबार रोक्का गरेको पत्र पाए लगत्तै अन्यको हकमा कारोबार खोल्ने आशय व्यक्त गरेको छ।  “राष्ट्र बैंकको चिठी आए सँगै कारोबार खुल्ला गर्ने विषयमा प्रक्रिया अघि बढेको छ। सीडिएसिलाइ पत्र लेखि सकिएको छ। उसको जबाफ आए सँगै शेयर कारोबार खोल्ने प्रक्रिया अघि बढ्छ” नेप्से शेयर सूचीकरण शाखाका अधिकारी कुलचन्द्र रिजालले मेरो लगानीसँग भने।  

यता सीडिएससिले समेत आधारभूत शेयरधनीको नामावली कम्पनी सित माग गरिसकेको छ। सिडिएससिले माग गरे बमोजिम नै कम्पनीले समेत आधारभूत शेयरधनीको नामावली सिडिएसिलाइ बुझाइ सकेको नेपाल इन्भेष्टमेन्ट बैंकका कम्पनी सचिव सुधीरमान श्रेष्ठले जानकारी दिए। तर सिडिएससिले नामावली प्राप्त गरेको भएपनि उनीहरूको हितग्राही खाता नम्बर नभएको भन्दै आधारभूत शेयरधनीको हितग्राही खाता नम्बर समेत पठाउन कम्पनीलाई निर्देशन दिएको छ। सिडिएससिको निर्देशन बमोजिम नै कम्पनीले आधारभूत शेयरधनीको हितग्राही खाता नम्बर पठाएपछि उनीहरूको कारोबार रोक्का राखी अन्य सर्वसाधारणको शेयर कारोबार फुकुवा गर्ने सिडिएससिको भनाई छ।

कारोबार खुल्ला गर्ने मेसो कसरी मिल्यो ?

नेपाल इन्भेष्टमेन्ट बैक र हिमालयन बैक बीच मर्जरमा जाने सहमति भएको थियो। सोही सहमति पछि उनीहरू दुवैको कारोबार रोक्का भएको थियो। तर उनीहरूको मर्जर प्रक्रियाले पूर्णता पाएन। मर्जर भाँडियो। मर्जर भाँडिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले शेयर कारोबार खोलिदिन भन्दै पटक पटक नेप्सेलाई मौखिक अनुरोध गर्‍यो। तर उसको अनुरोध नेप्सेले मानेन। उसले अनुरोध नमानेपछि कम्पनीले बाध्य भएर नेप्सेलाई लिखित नै अनुरोध गर्‍यो। तर उसले लिखित अनुरोधको समेत कुनै उत्तर दिएन। नेप्सेले कारोबार खोल्ने विषयमा कुनै उत्तर नदिएपछि कम्पनीले नेप्से कार्यालयमै गएर ताकेता गर्‍यो। उक्त ताकेतापछि नेप्सेले आफूहरूले यस विषयमा केही गर्न नसक्ने बरु राष्ट्र बैंकबाट पत्र ल्याए कारोबार खोल्न सकिने सुझाव दियो। सोही सुझाव बमोजिम कम्पनीले नेपाल राष्ट्र बैंक नै गुहार्‍यो। उसले मर्जर भाँडिएकोले कारोबार सुचारु गर्न पाउ भन्दै निवेदन दियो। उसको निवेदन उपर निर्णय गर्दै केन्द्रीय बैंकले आधारभूत शेयरधनीको मात्रै शेयर कारोबार रोकेर अन्यको हकमा शेयर कारोबार खोल्न दिनु भन्ने आशय सहितको निर्णय गर्‍यो। उक्त निर्णयको बोधार्थ नेपाल स्टक एक्सचेन्जलाई समेत केन्द्रीय बैंकलाई दिएपछि कारोबार सुचारु हुने अवस्था आएको श्रेष्ठले जानकारी दिए।

नेपाल राष्ट्र बैंकले के को आधारमा आधारभूत शेयरधनीको मात्रै कारोबार रोक्न भन्यो ?

बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ मा मर्जरमा जाने कम्पनीहरूको कारोबार रोक्दै आएको छ। सोही बिनियमावलिको विनियम ६ ले कारोबार रोक्नु पर्ने भनेको छ। सोही कारण कारोबार रोकिँदै आएको थियो। राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकको कारोबार खुल्ला गर्ने निर्णय गर्न पनि पनि सोही बिनयमावली नै टेकेको छ। उक्त बिनियमावलीको विनियम १५ मा विविध शीर्षकको व्यवस्था छ। सोही व्यवस्थाको ४ ले तोकिए बमोजिम मर्जर नभए कस्तो सजाय हुने भन्ने बोलेको छ। जसमा “राष्ट्र बैङ्कले यस विनियमावली बमोजिम दिइएको स्वीकृति बदर गर्नुपर्ने भएमा सो गरी त्यस्ता संस्थाका पदाधिकारीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अनुसारको कारबाही गर्न, आधारभूत शेयरधनीहरुलाई शेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाई त्यस्तो संस्थाको सञ्चालक हुन अयोग्य (डिसक्वालिफाई) मान्न र त्यस्तो संस्थालाई राष्ट्र बैंकको गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) प्रक्रियामा सामेल हुन निश्चित अवधिसम्म रोक लगाउन सक्नेछ” विनियमावलीमा उल्लेख छ।  सोही बुँदामा टेकेर केन्द्रीय बैंकले आधारभूत शेयरधनीको कारोबार रोक्का गर्दै अन्यको हकमा कारोबार खोल्न दिने निर्णय गरेको हो।

आधारभूत शेयरधनी भनेका को हुन् ?

आधारभूत सेयर धनीहरूको विषयमा कम्पनी एन २०६३ ले बोलेको छ। उक्त ऐनको दफा ५० मा आधारभूत शेयरधनीहरू सम्बन्धी व्यवस्था छ। दफा ५० उपदफा एकमा  “(१) कुनै पनि व्यक्तिले आफ्नो नाममा वा निजको प्रतिनिधि मार्फत शेयर लिएको कुनै पब्लिक कम्पनीको चुक्ता पुँजीको पाँच प्रतिशत वा सोभन्दा बढी पूर्ण मताधिकार भएको साधारण शेयर लिएको भए त्यस्तो कम्पनीमा निजको आधारभूत शेयर स्वामित्व रहेको मानिनेछ। तर पच्चीस करोड रुपैयाँ भन्दा बढी चुक्ता पूँजी भएको कम्पनीको हकमा त्यस्तो कम्पनीको कुल चुक्ता पूँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको भए पनि आधारभूत शेयर स्वामित्व रहेको मानिनेछ” उल्लेख छ।

अरूको हकमा के हुन्छ ?

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर खुल्ने खबर सँगै अन्य कम्पनीको समेत कारोबार खुल्न सक्ने आकलन बजारमा हुने थालेको छ। सोही नजिरमा टेकेर कारोबार खुल्ने आस लगानीकर्ताले गरेका हुन्। तर नियम विपरीत नै कारोबार रोक्दै आएको नेप्से अन्य कम्पनीको समेत कारोबार खोल्ने पक्षमा देखिएको छ। जुन विषयमा उसले नियामक तथा सरोकार वालासँग लगातार छलफल गरिरहेको छ। तर उसले निर्णय भने गरिसकेको छैन। जसले गर्दा अन्य कम्पनीको कारोबार खुल्ला हुन अझै केही समय लाग्ने देखिन्छ। 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।