उपकार लघुवित्तको शेयर नेप्सेमा सूचीकृत, ओनिङ्ग रेन्ज कति?

May 26, 2022 03:37 PM Merolagani

उपकार लघुवित्त वित्तीय संस्था (ULBSL) को शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको र संस्थापकहरुले लगानी गरेको  शेयर नेप्सेमा सूचीकृत भएको हो ।

आज जेठ १२ गते, बिहीबार लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता र संस्थापकहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले लघुवित्तको शेयरलाई न्युनतम ४०३ रुपैयाँ ९१ पैसा देखि १२११ रुपैयाँ ७३ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार शुक्रबार दोस्रो बजारमा कारोबार खुल्नेछ ।

लघुवित्तको शेयरलाई नेप्सेले युएलबिएसएल (ULBSL) कारोबार संकेत प्रदान गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।