सिवाइसी लघुवित्तको शेयर सूचीकरण प्रकृया कहाँ पुग्यो?

May 26, 2022 04:49 PM Merolagani

सिवाइसी लघुवित्त वित्तीय संस्थाले शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुर्याएको छ । लघुवित्तले वैशाख २ गते देखि ६ गतेसम्म निष्काशन गरेको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुर्याएको हो ।

लघुवित्तको शेयर रजिष्टार आरबीबी मर्चेन्ट बैंकिङ्गका अनुसार लघुवित्तको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेको छ ।

आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्री प्याकुरेलले लघुवित्तको शेयर सूचीकरण प्रकृया सिडिएस एण्ड क्लियरिङ्गबाट नेप्से पुगेको जानकारी गराए ।

लघुवित्तको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेको छ । सिडिएसबाट डकुमेन्ट नेप्से पुगेको छ । उनले भने, अर्को साता नेप्सेमा सूचीकृत हुन्छ ।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।

आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुगेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।