स्पेशल प्रि ओपन सेसनमा उपकार लघुवित्तको कतिमा भयो कारोबार?

May 27, 2022 10:47 AM Merolagani

जेठ १३ गते, शुक्रबार स्पेशल प्रि ओपन सेसनमा उपकार लघुवित्त (ULBSL) को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २११ रुपैयाँमा पहिलो कारोबार भएको हो।

जेठ १२ गते, बिहीबार लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता र संस्थापकहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले लघुवित्तको शेयरलाई न्युनतम ४०३ रुपैयाँ ९१ पैसा देखि १२११ रुपैयाँ ७३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन स्पेशल प्रि ओपन सेसनमा लघुवित्तको शेयर कारोबार खुलेको हो।

लघुवित्तको शेयरलाई नेप्सेले युएलबिएसएल कारोबार संकेत प्रदान गरेको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।