कस्तो छ चौधरी समुहले नेपाल ल्याउन लागेको नेटा भी इलेक्ट्रिक गाडी ?

May 28, 2022 06:54 PM Merolagani

अहिले नेपालकै ठूलो व्यवसायीक घराना चौधरी समुहले नेपाली बजारमा भित्र्याउन लागेको गाडी चर्चामा छ । 

हालसम्म अटो व्यवसायमा संलग्न नभएको चौधरी समुहले नेपालमा ल्याउन लागेको नेटा भी इलेक्ट्रिक गाडी कस्तो होला भन्ने जिज्ञासा सबैको मनमा हुन सक्छ ।

चौधरी समुहले केहि हप्ता भित्रै चिनियाँ विद्युतिय कार ब्रान्ड होजन अटो न्यू इनर्जी भेहिकल कम्पनीले उत्पादन गरेको नेटा भी मोडल हो । यो गाडी नेपाली बजारमा भित्र्याउने भएसँगै चौधरी समुह पनि अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको छ ।

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपाल ल्याउन लागेको विद्युतीय नेटा भी झट्ट हेर्दा टेस्लाको लुक्समा देख्न सकिन्छ । डिजाइन आकर्षक भएका कारण पनि नेपाली बजारमा यो गाडीको चर्चा चल्न थालेको छ ।

४०७० एमएम लम्बाई चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको यो गाडी उत्कृष्ट फिचरका साथ नेपाल आउन लगेको हो ।

टाटा नेक्सन भन्दा कम मूल्य सहित नेपालमा विक्री वितरण हुन लागेको नेटामा ५५ किलोवाटको व्याट्री उपलब्ध हुने छ । दुबै साइडमा चार्जिङ पोर्ट दिइएको यो गाडीमा स्लो चार्ज र फास्ट चार्जिङ अप्सनमा आएको छ ।

 

अरु के के छन फिचर ? 

त्यसैगरी यो गाडीमा आकर्षक इन्टेरियर दिइएको छ । भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वीले स्पोर्टस स्टेरिङ ह्वील लगायतका भित्रि फिचर रहेको छ ।

त्यसैगरी दुई ब्याट्री र मोटर अप्सनमा उपलब्ध हुने नेटा भिमा नेटा भी स्ट्यान्डर अप्सन रहने कम्पनीले जनाएको छ ।
यसको स्टायडर्ड भेरियन्टमा ३१.१८ किलोवाट आवरको ब्याट्रीसँग ४० किलोवाटको मोटर रहेको छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ ।

त्यसैगरी यसको लङ रेन्ज मोडलमा ३८.५४ किलोवाट आवरको ब्याट्री प्याक र ५५ किलोवाटको मोटर छ । यसले फुल चार्जमा ४०१ किलोमिटर रेन्ज दिने कम्पनीको वेभ साइटमा उल्लेख छ ।

यो इभीलाई चार्ज गर्न स्लो चार्जरबाट १२ घण्टासम्म लाग्छ भने, फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने जनाइएको छ ।

नेपाली बजारमा यो गाडीको मूल्य ३८ लाखदेखि सुरु हुने अनुमान गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।