नेरुडे लघुवित्त वित्तीय संस्थाको कम्पनी विश्लेषण

May 29, 2022 03:06 PM Merolagani

गत साता लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशत घटेको छ। अघिल्लो साता ४५९६.२६ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, गत साता ४६.५२ अंक घटेर ४५४९.७४ विन्दुमा बन्द भएको छ।

सो उपसमूहको एक कम्पनी हो नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड।

गत साता लघुवित्तको शेयरमूल्य १२ रुपैयाँ घटेको छ। अघिल्लो साता ९८६ रुपैयाँमा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयर गत साता ९७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यस अनुसार आगामी साता लघुवित्तको शेयरमूल्य ओरालो लागेमा ९०० रुपैयाँमा टेवा पाउने देखिन्छ। त्यसैगरी, लघुवित्तको शेयरमूल्य उकालो लागेमा १ हजार १०० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

लघुवित्तको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले लघुवित्तको शेयर अहिले डाउनट्रेण्डमा रहेको संकेत गर्दछ।

मूल्यसँगै लघुवित्तको भोल्यूम पनि गत साता घटेको छ। गत साता लघुवित्तको दैनिक औषतमा १ हजार २६० कित्ता शेयर खरिदबिक्री भएको छ। लघुवित्तको २० दिने भोल्यूम १ हजार ५१५ कित्ता रहेको छ। लघुवित्तको २० दिने औषत भोल्युमको तुलनामा साप्ताहिक भोल्यूम १६.८६ प्रतिशत कम हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १८ करोड ४८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १५ करोड ३३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४० करोड ५६ लाख २५ हजार रुपैयाँबाट बढेर ४७ करोड ८७ लाख १२ हजार रुपैयाँ पुगेको छ। त्यसैगरी, गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २४ करोड ३३ लाख ९६ हजार रुपैयाँ रहेको लघुवित्तको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १७ करोड १४ लाख ७५ हजार रुपैयाँमा झरेको छ। सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो।

६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७१ करोड ५९ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ७ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको बुकभ्यालु २१९ रुपैयाँ ३२ पैसा छ। साताको अन्तिम मूल्यका आधारमा लघुवित्तको मूल्य आम्दानी अनुपात २३.७२ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु ४.४४ गुणा रहेको छ।

साताको अन्तिम कारोबार दिन लघुवित्तको १४ दिने आरएसआई ४३.६७ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले लघुवित्तको शेयरमा खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ। प्राविधिक विश्लेषणका अन्य उपकरणहरुमा लघुवित्तको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको देखिन्छ।

नेप्सेमा ६० कित्ता शेयर सूचीकृत रहेको यस लघुवित्तको ५२ हप्ताको उच्च मूल्य १ हजार ८४५ रुपैयाँ छ भने न्यून मूल्य ९०१ रुपैयाँ ८० पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको १८० दिनको औषत शेयरमूल्य १ हजार ९६ रुपैयाँ ३१ पैसा रहेको छ। शुक्रबारको अन्तिम कारोबार मूल्यका आधारमा लघुवित्तको कुल बजार पूँजीकरण ५ अर्ब ८४ करोड ४० लाख रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा लघुवित्त अहिले एक्सट्रीम फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु लघुवित्तको शेयर खरिदबिक्री गर्न डराइरहेको संकेत गर्दछ। साथै, यसले लघुवित्तको शेयरमूल्य न्यून विन्दुमा आइसकेकोले कुनैबेला पनि बढ्न सक्ने संकेत पनि गर्दछ।

(उपलब्ध तथ्याङ्कका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको थप निर्णय गर्न आफै विश्लेषण तथा अध्ययन गर्न जरुरी छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।