विन नेपाल लघुवित्तको शेयरमूल्य समायोजन

Jun 01, 2022 08:35 AM Merolagani

जेठ १८ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (WNLB) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन लघुवित्तको ९.३३ प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ९८७ रुपैयाँ ८३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज अर्थात जेठ १८ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गरेको हो। यस अनुसार हिजोसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले जेठ ३१ गते, इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा सातौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.३३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीमा संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न प्रबन्धपत्र संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापकको तर्फबाट प्रतिनिधित्व गर्ने ४ र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।