किसान लघुवित्तको शेयरमूल्य समायोजन

Jun 03, 2022 09:51 AM Merolagani

जेठ २० गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा किसान लघुवित्त वित्तीय संस्था (KLBSL) को शेयरमूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ८ रुपैयाँ ३३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले जेठ २८ गते तेस्रो साधारण सभा डाकेको छ। सो सभा धनगढी उपमहानगरपालिका २, धनगढी, कैलालीमा बिहान ११ बजे शुरु हुनेछ।

सो सभाले मर्जर तथा एक्विजिशन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, केन्द्रिय कार्यालय स्थानान्तरण, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।