एशियन लाइफ इन्स्योरेन्स कम्पनी विश्लेषण

Jun 12, 2022 05:46 PM Merolagani

गत साता नेप्से परिसूचकसँगै ११ उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक ८२.६१ अंक अर्थात ०.८४ प्रतिशत घटेको छ।

अघिल्लो साता ९८६१.९२ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता घटेर ९७७९.३१ विन्दुमा झरेको छ।

सोही उपसमूहमध्येको एक कम्पनी हो एशियन लाइफ इन्स्योरेन्स (ALICL)।

गत साता एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य २ रुपैयाँ घटेको छ। अघिल्लो साताको शुक्रबार ५५५ रुपैयाँमा अन्तिम कारोबार भएको यस इन्स्योरेन्सको शेयर, गत साता ५५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार यस साता इन्स्योरेन्सको शेयरमूल्य उकालो लागेमा ६५० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने ५०० रुपैयाँमा टेवा पाउने देखिन्छ।

साताको अन्तिम कारोबार दिन इन्स्योरेन्सको शेयरमूल्यले रातो मैनबत्ती बनाएको छ। यसले इन्स्योरेन्सको शेयरमा बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

गत साता इन्स्योरेन्सको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले इन्स्योरेन्सको शेयरमूल्य बियरिश ट्रेण्डमा रहेको संकेत गर्दछ।

गत साता इन्स्योरेन्सको शेयरमूल्य घटेपनि भोल्यूम भने बढेको छ। गत साता इन्स्योरेन्सको दैनिक औषतमा ६९ हजार ७०१ कित्ता शेयर खरिदबिक्री भएको छ। इन्स्योरेन्सको २० दिने औषत भोल्युम ३८ हजार ६९१ कित्ता रहेको छ। २० दिने औषत भोल्युमको तुलनामा इन्स्योरेन्सको दैनिक औषत भोल्यूम ८०.१५ प्रतिशत बढी हो।

इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ११ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.४१ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १६ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ।

यस अवधिमा कम्पनीको खुद नाफा भने १.०७ प्रतिशतले बढेर १८ करोड ४० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १८ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चुक्ता पूँजी २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड ८२ लाख रुपैयाँ, बीमा कोषमा ३० अर्ब ९८ करोड ७६ लाख रुपैयाँ र महावित्ती कोषमा ११ करोड ९६ लाख रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७६ पैसा रहेको छ। साताको अन्तिम कारोबार दिनको अन्तिम मूल्य अनुसार इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५६.६६ गुणा रहेको छ। इन्स्योरेन्सको बुकभ्यालु ११७ रुपैयाँ ४ पैसा रहेको छ भने प्राइस टु बुकभ्यालु ४.७२ गुणा रहेको छ।

गत साता इन्स्योरेन्सको १४ दिने आरएसआई २८.९४ स्केल अर्थात ओभरसोल्ड जोनमा रहेको छ। यसले बजारमा इन्स्योरेन्सको शेयरमा बिक्रीचाप बढी रहेको संकेत गर्दछ।

प्राविधिक विश्लेषणका अधिकांश उपकरणहरुमा इन्स्योरेन्सको शेयरमूल्य बियरिश प्रवृत्तिमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा इन्स्योरेन्सको २ करोड ५१ लाख ३४ हजार ५०९ कित्ता शेयर सूचीकृत छ। इन्स्योरेन्सको १८० दिने औषत मूल्य ९०३ रुपैयाँ ३० पैसा रहेको छ। त्यसैगरी, इन्स्योरेन्सको ५२ हप्ताको उच्च मूल्य १ हजार ५१३ रुपैयाँ रहेको छ भने न्यून मूल्य ५२८ रुपैयाँ रहेको छ। साताको अन्तिम कारोबार दिनको मूल्य अनुसार इन्स्योरेन्सको कुल बजार पूँजीकरण १३ अर्ब ८९ करोड ९३ लाख ८३ हजार ४७७ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा इन्स्योरेन्स अहिले एक्सट्रीम फियर जोनमा रहेको छ। यसले लगानीकर्ताहरु इन्स्योरेन्सको शेयरमूल्य अझ घट्ने डरमा शेयर बिक्री गरिरहेको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।