निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगर शिक्षा कोषमा जम्मा गर्नुपर्ने, विपन्न विद्यार्थीहरुका लागि खर्च हुने

Jun 19, 2022 05:47 PM Merolagani

काठमाडौं महानगरपालिका भित्रका निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगर शिक्षा कोषमा जम्मा गर्नुपर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगर पालिकाका मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकाका निजी विद्यालयहरुले आम्दानीको केही प्रतिशत रकम महानगरलाई दिनुपर्ने निर्णय गरेका हुन ।

मेयर शाहले उक्त रकम विपन्न विद्यार्थीहरुका लागि खर्च हुने बताए । यस्तै, महानगरले जीवनपयोगी शिक्षालाई जोड दिने नीति लिएको मेयर शाहले जनाए ।

महागरमा कक्षाा १ देखि ८ सम्म पढाइ हुँदै आएको नेपाल भाषा कक्षालाई निरन्तरता दिइने उनले बताए ।

स‌ंस्थागत विद्यालयको शुल्क पुनःनिर्धारण गरेर वैज्ञानिक ढ‌ंगबाट बनाउने नीति महानगरले लिने मेयर शाहको भनाइ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।