कोभिडले असर नगरेको भन्दै मूल्य बढेको हाइड्रोपावरको शेयर पनि विस्तारै दुई सय रुपैयाँ भन्दा तल

Jun 20, 2022 06:11 AM Merolagani

आर्थिक वर्ष सकिनै लाग्दा नेप्से परिसूचक पनि तीव्र गतिमा झर्न थालेको छ । केही हप्ता अगाडिसम्म वाणिज्य बैंक र सोल्टी होटल मात्रै २ सय रुपैयाँ तल रहेकोमा आइतबारको कारोबार पछि भने धेरै हाइड्रोपावर कम्पनीको शेयर पनि २ सय मुनि झरेको छ । आइतबार एकैपटक हाइड्रोपावर समूहका ४ वटा कम्पनी २ सय भन्दा तल्लो विन्दुमा झरेको हो ।

कुनै समय थियो हाइड्रोपावरको कम्पनी भन्नासाथ अंकित मूल्य भन्दा पनि तल कारोबार हुन्थ्यो । अधिकांश हाइड्रोपावर कम्पनीहरुको शेयर मूल्य ५० रुपैयाँको हाराहारीमा थियो । चिलिमे, बुटवल पावर, सानिमा हाइड्रोलगायतका केही कम्पनीहरुलाई छोडेर प्रायः हाइड्रोपावर कम्पनीको शेयर भनेको प्रतिफल नदिने भन्ने जनमानसमा थियो ।

सन् २०२० को शुरुवातमा कोभिड शुरु भएपछि भने त्यही शेयर एकाएक चम्किन थाले । कोभिडको संक्रमण शुरु भएसँगै देशमा लकडाउन भयो । पर्यटन, उद्योग, व्यापार सबै डामाडोल भए । त्यसबेला कोभिडले नछोएको एउटै क्षेत्र भनेको हाइड्रोपावर क्षेत्रलाई मानिन्थ्यो । कोभिड संक्रमणपछि केही समय बन्द भएर खुलेको शेयर बजारमा लगानीकर्ताहरु अलमलमा थिए । कोभिड संक्रमणलाई सबै भताभुंग भएको बेला कोभिडले असर नगर्ने क्षेत्र भन्दै हाइड्रोपावरको शेयरमा लगानीकर्ता ओइरिन थाले । ५०–६० रुपैयाँमा पाइने हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सर्किट ब्रेक लागेर बढ्न शुरु गर्यो ।

१५५० को विन्दुमा रहेको हाइड्रोपावर समूह सूचक बजार उच्च विन्दुमा हुँदा ३८६५ को उच्च विन्दुसम्म छोएर पछिल्लो समय घट्न थालेको छ । आइतबार बजार बन्द हुँदासम्ममा हाइड्रोपावर समूहको परिसुचक २१८६ विन्दुसम्म झरेको छ ।

आइतबार समग्र परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ विन्दुमा पुगेर रोकिएको बेला अधिकांश समूहगत परिसूचकमा पनि गिरावट नै देखिएको छ । १ अर्ब १३ करोडको मात्रै कारोबार भएकोमा समूहगत रुपमा भने सबैभन्दा बढी हाइड्रोपावर समूहकै उपसूचकमा गिरावट आएको छ । यो समूहको परिसुचक ३.८५ प्रतिशतले गिरावट आउँदा ८७.४७ अंकले घटेर २१८६.३९ विन्दुमा पुगेको हो । हुनत पछिल्लो समय एकदमै धेरै बढेको विकास बैंक समूह र फाइनान्स समूहमा पनि आइतबार ३ प्रतिशतभन्दा बढीको गिरावट आएको थियो ।

लगातार घट्दै गएको बजारमा आइतबारसम्म आइपुग्दा हाइड्रोपावर कम्पनीहरुमा घलेम्दी हाइड्रो, आँखुखोला जलविद्युत, जोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावरलगायतको कम्पनीहरु २ सय रुपैयाँ भन्दा कम मूल्यमा कारोबार भएका छन् । नेप्सेका अनुसार घलेम्दी हाइड्रोपावर १९५ रुपैयाँमा अन्तिम कारोबार भयो । यो कम्पनी झन्डै १ वर्ष अगाडि अधिकतम ५ सय २१ रुपैयाँसम्म कारोबार भएको थियो । आइतबार मूल्यलाई उच्च मूल्यसँग तुलना गर्दा यो ६२.५७ प्रतिशतको गिरावट हो । त्यसैगरी, आँखुखोला जलविद्युत कम्पनी आइतबार १९४ रुपैयाँमा अन्तिम कारोबार भयो । यो कम्पनी उच्च विन्दु हुँदा गत वर्ष अगष्ट १८ मा ४९२.४० रुपैयाँसम्म कारोबार भएको थियो । आइतबारको मूल्यसम्म गिरावट हुँदा यो कम्पनीका लगानीकर्ताले ६०.६० प्रतिशतले गुमाएको छन् । जोशी हाइड्रोपावर कम्पनी आइतबार १९६ रुपैयाँमा कारोबार भयो । उच्च मूल्य हुँदा अगष्ट १७, २०२१ मा कम्पनीको शेयर मूल्य ४७२ रुपैयाँसम्म पुगेको थियो । अहिले मूल्यमा यो ५८.४७ प्रतिशतको गिरावट हो । त्यस्तै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइतबारको अन्तिम मूल्य १८८.३० हो । यो कम्पनी गत अगष्ट १७, २०२१ मा ४४० रुपैयाँसम्म कारोबार भयो । उच्च विन्दुबाट यो ५७.२० प्रतिशतको गिरावट हो । 

आइतबार २ सय भन्दा मुनि आएको ४ वटै हाइड्रोपावर कम्पनीले लगानीकर्तालाई अहिलेसम्म कुनै लाभांश वितरण गरेको छैन । बजारमा तरलता अभावका कारण व्याज दरमा उच्च वृद्धि हुँदा लगानीकर्ताले लाभांश दिने कम्पनीहरु विस्तारै २ सय मुनि आएकाले यसले घट्दो बजारमा लगानीकर्ताहरु लाभांश निश्चित भएका कम्पनीतर्फ आकर्षित भएको हुन सक्ने एक लगानीकर्ताले बताए ।

आइतबार ४ वटा हाइड्रोपावर कम्पनीसँगै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट, सोल्टी होटल्स र सेञ्चुरी कमर्सियल बैंक पनि २ सय भन्दा तल शेयर मूल्य भएको सूचीमा समेटिएका छन् । सोल्टी होटल्सको शेयर मूल्य २ सय भन्दा मुनि नै रहे पनि यसको अंकित मूल्य १० रुपैयाँ मात्रै रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।