अनसन र आन्दोलन अन्त्य गरेपश्चात समिति बोर्डले समिति गठन गर्ने, लगानीकर्ता असहमत

Jun 23, 2022 08:43 AM Merolagani

नेपाल धितोपत्र बोर्डले आन्दोलन र आमरण अनसन अन्त गरेपश्चात लागु हुने गरी समस्या समाधान समिति गठन गर्ने भएको छ। बुधबार पूँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालालाई पठाइएको पत्रमा सो कुरा उल्लेख गरिएको छ।

‘पूँजीबजार सुधार संघर्ष समितिबाट प्राप्त एकिकृत १९ बुँदे माग सम्बोधनका सम्बन्धमा त्यस समितिबाट प्राप्त मिति २०७९/०३/०८ को निवेदन अनुसार आन्दोलन र आमरण अनसन अन्त गरेपश्चात लागु हुने गरी बोर्डका तर्फबाट कामु कार्यकारी निर्देशक विजय देव आचार्य र कामु कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ, पूँजीबजार सुधार संघर्ष समितिबाट २ जना विज्ञ प्रतिनिधि तथा नेपाल सरकारबाट मान्यता प्राप्त लगानीकर्ता संघका एक एक जना प्रतिनिधि रहने गरी समस्या समाधान समिति गठन गरिनेछ।’ पत्रमा उल्लेख छ।

यद्यपि, यस कुरामा भने लगानीकर्ताहरुले सहमति जनाएका छैनन्। लगानीकर्ताहरुले आज नवौँ दिन पनि अनसनलाई निरन्तरता दिएका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।