लगानीकर्ताको सँगठन नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता सँघका अध्यक्ष उत्तम अर्याल र नेपाल पुँजीबजार लगानीकर्ता सँघका अध्यक्ष राधा पोख्रेलले बोर्डले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै बोर्डले माग कार्यान्वयनको प्रतिबद्धता जनाउनु सकारात्मक रहेको बताएका छन्।
उनीहरुले लगानीकर्ताको जयज मागलाई सम्बोधन गर्दै कार्यान्वयन समिति गठन गरेपछि बोर्डका अध्यक्ष रमेश हमाललाई धन्यबाद दिँदै यथाशिघ्र कार्य अगाडि बढाउने सहमति भएकोमा आभार ब्यक्त गरेका छन्।
विगत १० दिनदेखि पूँजीबजार सुधारको माग राख्दै आमरण अनसनमा रहेका तिलक कोइरालाले बोर्डले माग कार्यान्वयनको प्रतिबद्धता जनाएसँगै शुक्रबार अनसन तोडेका थिए।